२६ पुष २०८१, शुक्रबार
,
Latest
३७ लाख धरौटी बुझाएर रिहा भईन् लीला पछाईं हस्तकला क्षेत्र सरकारको सँधै प्राथमिकता रहन्छ : प्रधानमन्त्री आयल निगमले नयाँ कार्य योजनाको खोजि गर्न आवश्यकः उद्योगमन्त्री भण्डारी अष्ट्रेलियाका कप्तान कमिन्सले च्याम्पियन्स ट्रफी खेल्नेमा शंका तिब्बतका भूकम्पपीडितलाई ३७ लाख सहयोग कहिले सम्पन्न होला भक्तपुर–नगरकोट सडक? प्रेस चौतारीको विराटनगरमा हुने महाधिवेशनको उद्घाटन ओलीले गर्ने मेडिकल चश्मामा लगाइएको भ्याट हटाउन पहल गर्छुः उपप्रधानमन्त्री सिंह क्यालिफोर्नियाको आगलागी ४० हजार एकडमा फैलियो, अवस्था भयावह बन्दै अर्को वर्षदेखि आँखा उपचारसँग जोडिने चश्माको भ्याट र भन्सार लिँदैनौँः स्वास्थ्यमन्त्री पौडेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

झापामा सीमास्तम्भ मर्मत गरिँदै



अ+ अ-

बनियानी । झापामा नेपाल–भारत अन्तर्राष्ट्रिय सीमास्तम्भ मर्मत कार्य सुरु भएको छ ।

नेपाल–भारत ‘बाउन्ड्री वर्किङ ग्रुप’को निर्णानुसार नेपालकातर्फबाट मर्मतसम्भार गरिने बिजोर नम्बरका सीमास्तम्भ मर्मत थालिएको सशस्त्र प्रहरी बल नेपाल नम्बर २ गण, झापाका गणपति सशस्त्र प्रहरी उपरीक्षक कविन्द्र राईले जानकारी दिनुभयो । मेचीनगनर नगरपालिका–१५ सिसुवाडाँगीस्थित सानो सीमास्तम्भ नं ९५/१२ बाट मर्मतसम्भार कार्य थालिएको उहाँले बताउनुभयो ।

झापामा भारतसँग नेपालको सीमा जोडिएको एक सय ४४ दशमलव दुई किलोमिटर क्षेत्रअन्तर्गत रहेका एक सय सात सीमास्तम्भ मर्मतसम्भार गरिनेछन् । सशस्त्र प्रहरीसँगै जिल्ला प्रशासन कार्यालय, नापी विभाग, स्थानीय जनप्रतिनिधि, भारतीय सीमा सुरक्षा बल (एसएसबी), स्थानीयवासीको उपस्थितिमा सीमास्तम्भ मर्मत सुरु गरिएको हो ।

सीमा क्षेत्रमा रहेका सीमास्तम्भमध्ये सन् २०१४ पछि निर्माण गरिएका बिजोर नम्बरका सीमास्तम्भ सशस्त्र प्रहरी बल नेपालले र जोर नम्बरका स्तम्भ भारतीय सीमा सुरक्षा बलले मर्मतसम्भार गर्ने निर्णयानुसार गत वर्षदेखि दुवैतर्फ सीमास्तम्भ मर्मत कार्य हुँदै आएको छ ।