५ भाद्र २०८३, शुक्रबार
,
Latest
‘सुपर एल निनो’ को उच्च जोखिमः पूर्वतयारी र जल–ऊर्जा सुरक्षामा जोड दिन ऊर्जामन्त्रीको निर्देशन रास्वपा केन्द्रीय समितिको बैठक सुरु गाडी मात्र होइन, अटोमोबाइल उद्योगको पूरा इकोसिस्टम देखाउँदै नाडा अटो शो पुराना र अदालतबाट निरुपण भइसकेका विषयमा पुनः छलफल आवश्यक छैनः उपनेता अर्याल सूचना प्रवाह कानूनी बाध्यताको विषय हो, यसमा समितिको थप निर्देशन आवश्यक छैनः वर्षमान पुन संसदीय सुनुवाई समितिको क्षेत्राधिकार र गोपनीयतामा सचेत बन्न रास्वपा प्रमुख सचेतक बुर्लाकोटीको आग्रह गरिमालाई न्याय माग्दै माइतीघरमा प्रदर्शन-फोटो फिचर खहरेमा बगेकी सुमित्राको शव राप्ती किनारमा भेटियो पर्वतीय पर्यटनले खोल्दैछ अर्थतन्त्रको नयाँ ढोका युवा जनसंख्याको अवसरसँगै वृद्ध समाजको चुनौतीतर्फ नेपालः युएनएफपिए
तपाईं के खोज्दै हुनुहुन्छ ?

एलिट कपः आर्मीले बागमतीलाई दियो २०४ रनको लक्ष्य



अ+ अ-

काठमाडौं । जय ट्रफी एलिट कपअन्तर्गतको चौथो खेलमा त्रिभुवन आर्मी क्लबले बागमती प्रदेशलाई जितको लागि २०४ रनको लक्ष्य दिएको छ ।

७६ रनको अग्रतासहित दोस्रो इनिङ सुरू गरेको आर्मीले दोस्रो दिनको टी ब्रेकसम्म २०३ रन बनायो । ८ विकेट गुमाएर १ सय २७ रन बनाएको अवस्थामा आर्मीले दोस्रो पारी समाप्तिको घोषणा गर्यो । आर्मीका तीर्थराज दासले २८, कप्तान विनोद भण्डारीले २७ रन बनाए ।

बाग्मतीका नन्दन यादवले ४, प्रतिस जिसीले ३ विकेट लिए ।

यसअघि जनकपुरमा टस हारेर ब्याटिङको निम्तो पाएको आर्मीले पहिलो पारीमा २ सय ७६ रन बनाएको थियो । यस्तै बाग्मतीले ९ विकेट गुमाएर २ सय रन बनाएको थियो ।

अहिलो बाग्मतीले दोस्रो पारीको ब्याटिङ शुरू गरेको छ ।

पहिलो खेलमा आर्मीले पुलिससँग ड्र खेलेको थियो भने बागमतीले मधेशसँग ड्र खेलेको थियो ।