२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने एनपिएल : आज दुई खेल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रेम सुवाल र राजकिशोर यादवबीच भनाभन, औंला तल राख्नुस्, नौटंकी गर्ने ?



अ+ अ-

काठमाडौं । प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा सांसद प्रेम सुवाल र समिति सभापति राजकिशोर यादवबीच भनाभन भएको छ ।

बिहीबार सिंहदरबारस्थित समितिको सभाहलमा बसेको बैठकमा नेपाल वायुसेवा निगमको विमान सञ्चालन तथा व्यवस्थापन तथा सेवा सञ्चालनका सम्बन्धमा छलफल गर्न बसेको बैठकमा उहाँहरु बिच भनाभन भएको हो ।

बैठकले रास्वपा सांसद शिशिर खनालको नेतृत्वमा नेपाल वायु सेवा निगममा देखिएको समस्या र सुधारका उपाय अध्ययनका लागि ४ सदस्यीय उपसमिति गठन गर्ने निर्णय समितिले गरेको थियो ।

सो निर्णय सुनाउँदै सभापति यादवले बैठक सक्ने तयारी गरेपछि नेपाल मजदुर किसान पार्टीका सांसद सुवालले गम्भीर असहमति जनाए । उनले बैठकमा नआएको व्यक्तिको नेतृत्वमा उपसमिति बनाएको भन्दै आपत्ति जनाएका थिए । त्यसपछि सुवाल र यादवबीच भनाभन भएको थियो

सभापति यादव र सुवालबीचको सवाल जवाफ

सुवाल: सभापतिज्यूले जथाभावि नगर्नुस । मैले बोल्न पाउँछु कि पाउँदिन ? मैले सहमति छैन भन्दा भन्दै कि जबरजस्ति गर्नुभयो ?

यादव: औंला तल राख्नुस, नौंटंकी गर्ने ?

सुवाल: तपाईं निरंकुश बन्न नखोज्नुस, यो राणा शासन होइन, तपाईं राणाको अवतार लिन नखोज्नुस । जसरी राणा शासन समाप्त भयो, त्यसैगरि तपाईं यो समितिबाट हुत्तिनुहुन्छ होस गर्नुस । तपाईं पनि एक्लै म पनि एक्लै, के फुर्ति गर्नुहुन्छ ?, मेरो आपत्ति छ भनेपछि के हो भनेर सोध्नुपर्दैन सभापति ? अनुपस्थित सदस्यको नाममा समिति बनाएर के गर्न खोज्नुभएको ? तपाईं निरंकुश बन्ने ?

यादव: हो, बन्ने । के गर्नुहुन्छ ?

सुवाल: तपाईं निरंकुश बन्नुभयो भने सकिनु हुन्छ । कुन दिन सिधिन्छ यो सभापति अनि थाहा हुन्छ ।

त्यसोत सभापति यादव र समितिका सदस्यबीच यसअघि पनि पटक पटक लफडा हुँदै आएको छ । गत साउत १० गतेको बैठकमा पनि यादव र नेकपा माओवादी केन्द्रका सांसद सुदन किराँतीबीच नोकझोक चलेको थियो । साउन ९ गते काठमाडौंमा भएको सौर्य एयरको विमान दुर्घटनाबारे छलफल गर्न डाकिएको सो बैठकमा किराती र यादवबीच चर्काचर्की परेको थियो ।

सो बैठकमा पूर्वमन्त्री किरातीले आफ्नो धारणा राख्ने क्रममा सभापति यादवले टेक्निकल कुरा राख्न भनेका थिए । सांसद किरातीले ठूला निर्णय गर्न बाटो हेराहेर भइरहेको भनिरहेका बेला समिति सभापति यादवले समयको चाप रहेको भन्दै छोट्याउन आग्रह गरेपछि यादव र किरातीबीच लफलडा सुरु भएको थियो ।

‘म राजनीतिक व्यक्ति हुँ । मैले टेक्निकल विषय कसरी बोल्ने ? म न पाइलट हो न प्राविधिक ?’ भन्दै किरातीले प्रतिवाद गरेका थिए ।

पूर्वमन्त्री किरातीको प्रतिवादपछि कुरा सकाउन नपाउँदै सभापति यादवले पूर्व रक्षामन्त्री हरि उप्रेतीलाई समय दिएका थिए । उप्रेतीलाई समय दिएपछि ‘तपाईँले मलाई धम्क्याउन बोलाउनु भएको रहेछ । म यो समितिमा बस्दिँन’ भन्दै किराती उठेर बाहिरिएका थिए ।