२५ कार्तिक २०८२, मंगलवार
,
Latest
विधायन व्यवस्थापन समितिको वार्षिक प्रतिवेदन पारित काँग्रेस केन्द्रिय समितिको बैठक जारी (तस्बिरसहित) मधेशमा मुख्यमन्त्री यादवको नियुक्ति असंवैधानिक भन्दै सात दलका सांसदको धर्ना बाइस हजार विद्यार्थीको ‘डिजिटल’ स्वास्थ्य ‘प्रोफाइल’ तयार मधेशमा मुख्यमन्त्री नियुक्ति प्रक्रियाविरुद्धको रिटमा बुधबार पेसी प्रतिगामी षडयन्त्रका विरुद्ध एमालेले आज ७५३ वटै पालिकाममा जनप्रदर्शनका कार्यक्रम गर्दै मधेशका मुख्यमन्त्री यादवको स्वीकारोक्तिः ‘शपथ ग्रहणका लागि प्रदेश प्रमुखलाई दबाब दिएको हुँ’ च्याङ्ग्रापालनबाट वार्षिक पाँच लाख आम्दानी भुटानमा जलविद्युत् परियोजनाको उद्घाटन गर्न प्रधानमन्त्री मोदीको उच्चस्तरीय भ्रमण रैथाने बाली संरक्षणमा प्रदेश सरकार
तपाईं के खोज्दै हुनुहुन्छ ?

मार्टिन गप्टिलले लिए अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास



अ+ अ-

काठमाडौँ । न्यूजिल्याण्डका आक्रामक ब्याट्सम्यान मार्टिन गप्टिलले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेका छन् ।

उनी हाल न्यूजिल्याण्डको घरेलु टी–२० लिगमा अकल्याण्डबाट खेलिरहेका छन् । ३८ वर्षीय गप्टिलले न्यूजिल्याण्डका लागि अन्तिमपटक सन् २०२२ को अक्टोबरमा खेलेका थिए । यद्यपि,उनले व्यावसायिक लिग भने खेल्ने छन् ।

‘लामो समय अन्तर्राष्ट्रिय क्रिकेटमा आफ्नो देशको प्रतिनिधित्व गर्न पाउनु मेरा लागि गर्वको विषय हो । तर, अब समय आएको छ । मैले पनि अन्तर्राष्ट्रिय क्रिकेटबाट बिदा लिने निर्णय गरेको छु,’ सन्यास घोषणा गर्दै गप्टिलले भनेका छन् ।

उनले न्यूजिल्याण्डका लागि तीनवटै ढाँचाको अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेका छन् । गप्टिलले अन्तर्राष्ट्रिय क्रिकेटमा १३ हजारभन्दा बढी रन बनाएका छन् ।

उनले तीनवटै ढाँचाको अन्तर्राष्ट्रिय क्रिकेटमा कुल १२ विकेट पनि लिएका छन् । गप्टिल टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा न्यूजिल्याण्डका लागि सबैभन्दा बढी रन बनाउने ब्याटर समेत हुन् ।

उनले यस प्रारूपमा १२२ टी-२० आईमा ३ हजार ५३१ रन बनाएका छन् । गप्टिलले हालै सम्पन्न नेपाल प्रिमियर लिग (एनपिएल)पनि खेलेका थिए । विराटनगर किंग्सबाट लिग खेलेका उनले एनपिएलमा ६ खेलमा १३७ रन बनाएका थिए ।