२८ असार २०८३, आईतवार
,
Latest
सुकुम्बासीमाथि दमनको विरोधमा माइतीघरमा प्रदर्शन, देशव्यापी आन्दोलनको चेतावनी अटो उद्योग सङ्कटले जर्मनीका युवा इन्जिनियरको रोजगारी प्रभावित राजधानीको प्यास मेटाउने सुन्दरीजलमा नै खानेपानी अभाव त्रिभुवन विमानस्थलबाट दुर्गा प्रसाईं प्रहरी नियन्त्रणमा शिक्षामा लगाएको तीन प्रतिशत समता कर खारेजी गर्न चार निजी शैक्षिक संस्थाको माग मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणमा मन्त्री चौधरीको जोड निजी विद्यालयको माग : ३ प्रतिशत शिक्षा सेवा शुल्क खारेज गरियोस् गणेश नेपाली प्रकरण: शव अझै टिचिङ अस्पतालमै, सहमतिको खोजीमा फेरि वार्ता हुने अमेरिका–इरान तनाव चर्कियो, दुवै पक्षबाट आक्रमण जारी खजुरामा हुलाकी सडकको वैकल्पिक मार्ग निर्माण
तपाईं के खोज्दै हुनुहुन्छ ?

मार्टिन गप्टिलले लिए अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास



अ+ अ-

काठमाडौँ । न्यूजिल्याण्डका आक्रामक ब्याट्सम्यान मार्टिन गप्टिलले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेका छन् ।

उनी हाल न्यूजिल्याण्डको घरेलु टी–२० लिगमा अकल्याण्डबाट खेलिरहेका छन् । ३८ वर्षीय गप्टिलले न्यूजिल्याण्डका लागि अन्तिमपटक सन् २०२२ को अक्टोबरमा खेलेका थिए । यद्यपि,उनले व्यावसायिक लिग भने खेल्ने छन् ।

‘लामो समय अन्तर्राष्ट्रिय क्रिकेटमा आफ्नो देशको प्रतिनिधित्व गर्न पाउनु मेरा लागि गर्वको विषय हो । तर, अब समय आएको छ । मैले पनि अन्तर्राष्ट्रिय क्रिकेटबाट बिदा लिने निर्णय गरेको छु,’ सन्यास घोषणा गर्दै गप्टिलले भनेका छन् ।

उनले न्यूजिल्याण्डका लागि तीनवटै ढाँचाको अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेका छन् । गप्टिलले अन्तर्राष्ट्रिय क्रिकेटमा १३ हजारभन्दा बढी रन बनाएका छन् ।

उनले तीनवटै ढाँचाको अन्तर्राष्ट्रिय क्रिकेटमा कुल १२ विकेट पनि लिएका छन् । गप्टिल टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा न्यूजिल्याण्डका लागि सबैभन्दा बढी रन बनाउने ब्याटर समेत हुन् ।

उनले यस प्रारूपमा १२२ टी-२० आईमा ३ हजार ५३१ रन बनाएका छन् । गप्टिलले हालै सम्पन्न नेपाल प्रिमियर लिग (एनपिएल)पनि खेलेका थिए । विराटनगर किंग्सबाट लिग खेलेका उनले एनपिएलमा ६ खेलमा १३७ रन बनाएका थिए ।