७ पुष २०८२, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल प्रहरीद्वारा पाँच महिनामा ५,८४६ जना फरार प्रतिवादी पक्राउ



अ+ अ-

काठमाडाैंः नेपाल प्रहरीले चालु आर्थिक वर्ष २०८१/८२ मा फरार प्रतिवादी पक्राउ अभियान अन्तर्गत उल्लेखनीय उपलब्धि हासिल गरेको जनाएको छ । प्रहरीले साउनदेखि मंसिरसम्मको पाँच महिनाको अवधिमा ५ हजार ८४६ जना फरार प्रतिवादीलाइ पक्राउ गरेको छ । तीमध्ये सबैभन्दा बढी मधेश प्रदेशका रहेका छन् ।

प्रहरीले सार्वजनिक गरेको विवरणमा यी प्रतिवादीबाट रू. ४३ करोड ५ लाख जरिवाना संकलन हुनेछ भने सबैको कैद भुक्तानको अवधि एक हजार ९६८ वर्ष रहेको छ ।

प्रदेशगत विवरण

-कोशी प्रदेश: ७३५ जना पक्राउ (जरिवाना रु. ३,१५,९१,१३७।–)

-मधेश प्रदेश: १५९४ जना पक्राउ (जरिवाना रु. ५,१६,११,४५५।–)

-बागमती प्रदेश: २६५ जना पक्राउ (रु. २,४४,४३,८३१।–)

-गण्डकी प्रदेश: ५०६ जना पक्राउ (रु. २,९९,९२,०२६।–)

-लुम्बिनी प्रदेश: १०३५ जना पक्राउ (रु. ३,८९,८४,०३९।–)

-कर्णाली प्रदेश: १६९ जना पक्राउ (रु. २६,६८,३११।–)

-सुदूरपश्चिम प्रदेश: २३५ जना पक्राउ (रु. २८,७२,१२८।–)

-काठमाडौँ उपत्यका: १,२५३ जना पक्राउ (रु. ९,९२,७५,७१४।–)

-केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी): ५४ जना पक्राउ (रु. १४,९१,०३,४१३।–)

नेपाल प्रहरीले अपराध नियन्त्रण र विधिको शासन सुदृढ गर्न यो अभियानलाई निरन्तरता दिने जनाएको छ।