२६ पुष २०८१, शुक्रबार
,
Latest
अमेरिकी डलर र युरो स्थिर रहँदा अन्य विदेशी मुद्राको मूल्य घटबढ विदेशी भूमिका, नीति र दर्शन नेपालीलाई चाहिँदैन : पूर्वराजा ज्ञानेन्द्र शाह शीतलहरको कहर : बढ्दो जोखिममा कस्तो छ पूर्वतयारी ? पृथ्वीनारायणका पुर्खा को हुन्, थर किन खाँ/खान् भयो ? ८४ दिनपछि प्रहरी हिरासतबाट रवि छुट्दा पोखरामा जे देखियो (फोटो फिचर) रवि धरौटी बुझाएर कास्कीबाट रिहा, जिल्ला अदालत काठमाडौंमा आफैं उपस्थित हुने रविलाई ६५ लाख रुपैयाँ धरौटीमा छाड्ने अदालतको आदेश-पूर्णपाठ बीमा कम्पनीले संकलन गर्ने प्रिमियम रकम विकास निर्माणमा लगानी गर्नुपर्छः अध्यक्ष ढकाल धरौटी बुझाए लगत्तै रवि लामिछानेलाई काठमाडौं ल्याइने सूर्यदर्शन सहकारी ठगी प्रकरणः कोसँग कति धरौटी माग ?
तपाईं के खोज्दै हुनुहुन्छ ?

तनहुँका ५० जना महिलालाई ढकिया बुन्ने तालिम



अ+ अ-

तनहुँ । ज्येष्ठ नागरिकमा रहेका ज्ञान, सीप र अनुभव अन्तरपुस्ता हस्तान्तरण कार्यक्रमअन्तर्गत यहाँका महिलाहरूलाई ढकिया बुन्ने तालिम प्रदान गरिएको छ । सामाजिक विकास कार्यालय तनहुँको आर्थिक सहयोग तथा व्यास नगरपालिका–१४ को समन्वयमा चार दिनको तालिम सञ्चालन गरिएको हो ।

व्यास नगरपालिका–१२, १३ र १४ का महिलालाई छाब्दी बाराही मन्दिरमा आउने भक्तजनलाई फूल, प्रसाद र अक्षता लिएर जान सहज हुने किसिमको ढकिया बुन्न तालिम प्रदान गरिएको हो । उक्त तालिममा व्यासका तीन वटा वडाका ५० जना महिलाको सहभागिता रहेको सामाजिक विकास कार्यालयका प्रमुख विदुरहरि आचार्यले जानकारी दिनुभयो ।

उहाँले स्थानीय स्रोत र साधन अर्थात् बाबियाको प्रयोग गरी बनाइएको ढकियाले अन्यत्रबाट ल्याइने ढकियालाई विस्थापित गर्न सहयोग पुग्ने विश्वास गरिएको बताउनुभयो ।

पुस २१ गतेदेखि सञ्चालित सो तालिम बुधबार एक कार्यक्रमबीच समापन गरिएको छ । तालिममा सिकेका सीपलाई व्यावहारिक र व्यावसायिक रूपमा अघि बढाउन सकिए आयआर्जनमा सहयोग पुग्ने कार्यालय प्रमुख आचार्यले  बताउनुभयो

तालिममा सहभागी भगवती भण्डारी र अन्जना भण्डारीले तालिम जीवन उपयोगी रहेको बताउनुभयो । उक्त तालिममा सन्तमाया श्रेष्ठ, सनिमाया थापा र मधुमाया सारु मगरले प्रशिक्षण दिनुभएको थियो ।  रासस