२५ पुष २०८१, बिहीबार
,
Latest
वायुसेवा निगममा देखिएका समस्या सुधारका लागि नेपाल वायुसेवा निगम अध्ययन समिति गठन पृथ्वीजयन्तीमा ‘पृथ्वीनारायण शाह’ पुस्तक आर्थिक कूटनीतिलाई प्राथमिकतामा राखेर काम गर्ने परराष्ट्र सचिवको प्रतिबद्धता काठेखोलामा पाँच करोड ४० लाखको सुन्तला उत्पादन लेखा समिति सभापति पोखरेलका पूर्वस्वकीय सचिव पोखरेल पक्राउ डल्ले च्याउको मूल्य बढ्दा, सिताके च्याउको मूल्य आधाभन्दा बढीले घट्यो लिग कप: टोटेनह्यामसँग लिभरपुल स्तब्ध, न्यूक्यासलसँग आर्सनल पराजित नेपाल प्रहरीद्वारा पाँच महिनामा ५,८४६ जना फरार प्रतिवादी पक्राउ मध्यपहाडी लोकमार्गको कास्की–बागलुङखण्डमा १९३ किलोमिटर कालोपत्र रविको मुद्दामा थुनछेकको बहस सकिँदै, आजै आदेशको सम्भावना
तपाईं के खोज्दै हुनुहुन्छ ?

अपिहिमाल गाउँपालिकाको विकासमा पहल गर्छुः अध्यक्ष दाहाल



अ+ अ-

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दार्चुलाको अपिहिमाल गाउँपालिकको केन्द्र खण्डेश्वरीसम्म सडक निर्माणमा पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

गाउँपालिकाका जनप्रनिधि तथा राजनीतिक दलका प्रतिनिधिसँग आज आफ्नै निवासमा भएको छलफलमा उहाँले प्रमुख प्रतिपक्षी दलका नेताका रूपमा पालिकाको समग्र विकासमा लागि पर्ने विश्वास दिलाउनुभयो ।

अध्यक्ष दाहालले आफू प्रधानमन्त्री भएका बेलामा थोरै भए पनि बजेट विनियोजनको सुरूआत गरिएको जानकारी दिँदै बजेट वृद्धिका लागि पहल गर्ने प्रतिबद्धता गर्नुभयो । उहाँले त्यतिबेला पालिका मुकामसम्म पुग्नेगरी बजेटका लागि निर्देशन दिइएको भए पनि आवश्यक बजेट नपरेको स्वीकार गर्नुभयो ।

सुदूरपश्चिमको परिचित अपिहिमालका नामबाट स्थापित यो गाउँपालिकाले विकास निर्माणमा पनि त्यहीअनुसारको अपेक्षा गर्नु स्वभाविक भएको भएको उल्लेख गर्दै उहाँले पर्यटन प्रवर्द्धनका लागि पनि पर्यटन बोर्ड र विद्युत् विस्तारका लागि विद्युत् प्राधिकरणमार्फत काम अघि बढाउन आग्रह गरिने बताउनुभयो ।

छलफलमा गाउँपालिकाका प्रतिनिधिले पालिकाको मुकामसम्म पुग्न १० किलोमिटर बाँकी रहेकाले बजेट व्यवस्थापनका लागि पहल गरिदिन आग्रह गर्नुभएको थियो । उहाँहरूले पालिकाका सबै वडा र बस्तीमा राष्ट्रिय विद्युत् लाइन विस्तार र वडा नं ३ को भूगोल ठूलो भएकाले सेवा प्रवाहलाई सहज बनाउन वडा विभाजनमा सहयोग गरिदिन आग्रह गर्नुभएको थियो ।

सो क्रममा अध्यक्ष दाहाललाई गाउँपालिका अध्यक्ष भक्तसिंह ठेकरे बोहरा, उपाध्यक्ष देवकीदेवी बोहरा, सबै वडाका वडाध्यक्ष, कर्मचारी, नेपाली कांग्रेसका पालिका सभापति शोवनसिंह लोथ्याल, माओवादी केन्द्रका पालिका उपाध्यक्ष मोहनसिंह कार्की र एमालेका प्रतिनिधि नरेन्द्रसिंह रोकायालगायतले हस्ताक्षर गरेको तीन सूत्रीय ज्ञापनपत्र बुझाइएको थियो ।