५ श्रावण २०८३, मंगलवार
,
Latest
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै सरकार प्रतिशोधात्मक बन्दै गएको देउवाको आरोप, लोकतन्त्र र संविधान रक्षाका लागि एकजुट हुन आग्रह सिर्सिया नदी प्रदूषणमा सरकारको कडाइ, जगदम्बा र अशोक स्टिलसहित ११ उद्योगलाई १०–१० लाख जरिवाना कीर्तिपुरमा कारभित्र जलेर मृत्यु भएका व्यक्तिको पहिचान खुल्यो निजी शिक्षा–स्वास्थ्यमा ३% समता कर खारेज, गगन थापाले गरे स्वागत बढ्दो सामाजिक निराशा र असन्तुष्टि चिर्न सरकार र प्रतिपक्ष सँगसँगै उभिन जरुरीः विश्वप्रकाश शर्मा रास्वपा नेता बाहेकको मात्रै सम्पती छानविन गर्छौं भन्न पाइँदैनः नेकपा नेता दाहाल नीतिगत स्पष्टता भएपनि काँग्रेसले समयको नेतृत्व गर्न सकेन : भीष्मराज आङ्देम्बे
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतमा गत वर्ष सडक दुर्घटनामा परी एक लाख ८० हजार व्यक्तिको मृत्यु



अ+ अ-

एजेन्सी । सन् २०२४ मा भारतमा भएका सडक दुर्घटनामा परी करिब एक लाख ८० हजार व्यक्तिको मृत्यु भएको छ ।

भारतका सडक यातायात तथा राजमार्ग मन्त्री नितिन गडकरीले सन् २०२४ मा भारतमा भएका सडक दुर्घटनामा परी करिब एक लाख ८० हजार व्यक्तिको मृत्यु भएको जानकारी बुधबार दिनुभएको हो ।

उहाँका अनुसार सवारी दुर्घटनामा परी मृत्यु हुनेमध्ये ६६ प्रतिशत १८ देखि ३४ वर्ष उमेर समूहका रहेका छन् । मृत्यु हुनेमा करिब १० हजार विद्यालयमा अध्ययनरत छात्रछात्रा रहेको उल्लेख गर्दै उहाँले विद्यालय तथा अन्य शैक्षिक संस्थाअगाडि यातायातको उचित व्यवस्था नहुँदा मृत्यु भएको बताउनुभयो ।

गडकरीले मानव जीवन बचाउनका लागि सडक दुर्घटनाका पीडितहरूको नगदरहित उपचारको नयाँ योजना सुरु गरिएको पनि उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “सडक दुर्घटनामा परी घाइते भएकाहरूको नगदरहित उपचारको लागि हामीले नयाँ योजना सुरु गरेका छौं ।”

दुर्घटना लगत्तै २४ घण्टाभित्र प्रहरीमा सूचना जाँदा भर्ना भएका बिरामीको सात दिनको उपचार खर्च वा उपचारको लागि अधिकतम एक लाख ५० हजार भारतीय रुपैयाँ (एक हजार ७४७ अमेरिकी डलर) सम्म उपलब्ध गराउने व्यवस्था गरिएको छ । सडक दुर्घटनाका घटनामा मृत्यु भएका व्यक्तिका लागि दुई लाख भारतीय रुपैयाँ (दुई हजार ३०० अमेरिकी डलर) पनि उपलब्ध गराउने व्यवस्था गरिएको छ ।




भर्खरै