२१ मंसिर २०८२, आईतवार
,
Latest
‘जेनजी’ प्रदर्शनका छुट घाइतेलाई परिचयपत्रका लागि सम्पर्कमा आउन सरकारको आग्रह ‘जेनजी’ आन्दोलनका अगुवाहरूले राखेका विषयमा सरकार सकारात्मक छः मन्त्री अर्याल ‘विभेदको भारी बोकेर क्याविन क्रु मेम्बरहरुले प्रभावकारी काम गर्न सक्दैनन्’ रसुवागढी विद्युत् गृह पुनः सञ्चालनमा सरकारले समयमै निर्वाचन गर्नेलगायत तीन कार्यभारसहित काम गरिरहेको छः अर्थमन्त्री खनाल हेटौँडा बजारको घरटहरा थप भत्काउने कार्य स्थगित ‘जेरी अन टप’ ले पार गर्यो ५१औँ दिन महिला भलिबल प्रतियोगिताको उपाधि पुलिसलाई मेलमिलाप विवाद समाधानको उपयुक्त विधि होः मुख्य न्यायाधीश कुँवर शिभालीले ग्राण्डस्लाम अष्ट्रेलियन ओपन खेल्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

अस्ट्रेलियाका ओपनर कोन्स्टासले भने-बुमराहलाई उक्साउनु मेरो गल्ती थियो



अ+ अ-

एजेन्सी । अस्ट्रेलियाका १९ वर्षीय ओपनर साम कोन्स्टासले जसप्रित बुमराहसँग सिड्नीमा भएको विवादमा आफ्नो गल्ती स्वीकार गरेका छन् ।

उनले भनेका छन् उस्मान ख्वाजाले ब्याटिङ गर्न बढी समय लिइरहेका थिए, बुमराहले उनलाई छिटो ब्याटिङ गर्न भनेका थिए । जब मैले बुमराहसँग नन स्ट्राइकरको अन्त्यमा बहस गरेँ, उनी रिसाए । अर्को बलमा उनले ख्वाजालाई प्याभिलियन पठाए ।

बोर्डर–गावस्कर ट्रफीमा भारत अस्ट्रेलियासँग ३–१ ले पराजित भएको थियो । सिरिजको अन्तिम खेल ३ जनवरीबाट सिड्नीमा खेलिएको थियो । खेलको पहिलो दिनको अन्तिम ओभरमा बुमराह र कोन्स्टासबीच नोकझोक भएको थियो ।

अष्ट्रेलियाली च्यानल ट्रिपल एममा यस विषयमा कोन्स्टासले सिड्नी टेस्टको पहिलो दिन बोर्डर–गावस्कर ट्रफीमा नाटक चलिरहेको बताए । बुमराह बलिङ गर्दै थिए । अस्ट्रेलियाका लागि उस्मान ख्वाजा र साम कोन्स्टान्स ओपनिङ गर्न आएका थिए । बुमराह चाँडै ओभर बल गर्न र दिनको खेल समाप्त हुनु अघि भारतलाई थप एक ओभर बल पाओस् भन्ने चाहन्थे ।

यसैबीच ख्वाजाले स्ट्राइकर एन्डमा समय लिन थाले, उनले अर्को ओभर खेल्न नपरोस् भनेर समय बिताइरहेका थिए । बुमराहले उनलाई ब्याटिङ गर्न भने, त्यसपछि कोन्स्टासले बुमराहलाई उत्तेजित गर्न नन-स्ट्राइकर एन्डबाट केही भने । त्यसपछि दुवैबीच झगडा बढ्यो । अम्पायरले हस्तक्षेप गरेर दुवैलाई अलग गर्नुपरेको थियो ।

‘मेरो कुरा सुनेर बुमराह रिसाए र अर्को बलमा ख्वाजालाई केएल राहुललाई क्याच दिए । यो क्रिकेटको हिस्सा हो। बुमराहलाई श्रेय जान्छ कि उनले अर्को बलमा उस्मानलाई प्याभिलियन पठाए ।’  उनले भने ।

बुमराह बोर्डर-गावस्कर ट्रफी २०२४-२५ मा प्लेयर अफ द सिरिज थिए । उनले ५ खेलमा ३२ विकेट लिए ।

कोन्स्टास बुमराह उत्कृष्ट बलर भएको पनि बताए । हामीले सिरिजमा राम्रो प्रदर्शन गर्‍यौं । मैदानमा जेसुकै भए पनि सक्दो गर्ने प्रयास गर्छु । मलाई लाग्छ, मेरो आगमनले अर्को टोलीमा केही नर्भस भयो ।

साम कोन्स्टासले भारतविरुद्ध आक्रामक ब्याटिङ खेले, उनको यो शैलीले सबै प्रभावित भए । कोन्स्टासको प्रदर्शनले उनी आगामी श्रीलंका भ्रमणका लागि अष्ट्रेलियाको टोलीमा समावेश हुने आशा जगाएको छ ।