२८ जेष्ठ २०८३, बिहीबार
,
Latest
लागुऔषध नियन्त्रणका लागि नेपाल प्रहरीको तीन वर्षे कार्ययोजनाः ऐन संशोधनदेखि प्रविधि विस्तारसम्म लागुऔषध नियन्त्रणका लागि मौजुदा संरचना र कानून अपर्याप्तः निश्कल राई लागुऔषध नियन्त्रणका लागि जनचेतना र बजेटमा जोड दिन सांसद अर्यालको माग लागुऔषध नियन्त्रणमा राज्यका निकायको ‘मिलेमतो’ र कमजोर संरचनाप्रति सांसद दुलालको चिन्ता नेपालमा लागुऔषध दुर्व्यसनीको सङ्ख्यामा वृद्धिः १९ देखि ४५ वर्ष उमेर समूहका व्यक्तिहरू चपेटामा मकवानपुरको भीमफेदी–बैदमार जीप दुर्घटनामा इन्जिनियरसहित चालकको मृत्यु काठमाडौँका यी १७ ठाउँमा ३ दिनसम्म दैनिक साढे ३ घण्टा विद्युत् आपूर्ति बन्द हुने प्रतिनिधिसभा बैठकमा बजेटमाथिको छलफल जारी रहने देशलाई सधैँ कति सगरमाथा र गौतमबुद्धको नामले मात्रै चिनाइरहने ? – मन्त्री पौडेल चलचित्रकर्मीहरूको भावना समेट्ने गरी ऐन निर्माण गर्न सरकार प्रतिवद्धः मन्त्री तिमिल्सिना
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालीहरु शान्तिबाट समेत पीडित हुँदै गएका छन्ः पूर्वकानूनमन्त्री शर्मा



अ+ अ-

काठमाडौँ । पूर्वकानून, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्माले नेपालीहरु शान्तिबाट समेत पीडित हुँदै गएको बताउनुभएको छ ।

बुधवार काठमाडौंमा शान्ति प्रक्रिया र वेपत्ता नागरिकहरुको सार्वजनिकिकरणको सवाल विषयक कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले शान्ति प्रक्रियाको बाँकी काम टुंग्याउन नसक्दा शान्ति आएपनि पीडाको सम्बोधन हुन नसकेको बताउनु भयो । उहाँले राज्यको दायित्व सशस्त्र जनयुद्ध ताका मानिसहरु बेपत्ता कसरी बनाइए रु भन्ने कुराको जानकारी आम मानिसले पाउनुपर्ने भएपनि अहिलेसम्म पाउन नसकेको गुनासो गर्नुभयो । उहाँले यो हक संविधानले समेत दिएको हक रहेको उल्लेख गर्र्दै मानिसहरु द्वन्द्वबाट पीडित भएकै अवस्थामा शान्तिबाट समेत पीडित हुनुपरेको उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘राज्यको दायित्व भनेको उनीहरु कसरी र किन बेपत्ता पारिए त्यसको कारण परिवारले र आम मानसिले जान्न पाउनुपर्छ । समाजले जान्न पाउनु पर्छ । सिंगो अन्तर्राष्ट्रिय समुदायले समेत जान्न पाउनुपर्छ । यो जान्न पाउने हक नेपाल पक्ष राष्ट्र भएको अन्तर्राष्ट्रिय सन्धी मात्र होइन । हाम्रो आफ्नै संविधानद्वारा दिइएको हक हो । त्यो हक आज इन्कार गरिएको अवस्था छ । मान्छे द्वन्द्वबाट पीडित भएको त छँदै थिए, मान्छे शान्तिबाट पीडित हुन पुगे अहिले । द्वन्द्वबाट मात्र होइन, शान्तिबाट पीडित । शान्ति आयो तर त्यो शान्तिले पीडाको सम्बोधन गर्न सकेन । त्यसैले अहिले द्वन्द्व पीडित होइन साथीहरु शान्ति पीडित हुन पुगेको छ । यो अवस्थाबाट पार पाउन जरुरी छ ।’

कार्यक्रममा बोल्दै पूर्वकानून, न्याय तथा संसदीय मामिलामन्त्री अग्निप्रसाद खरेलले शान्ति प्रक्रिया आजसम्म पनि टुंगो लाग्न नसक्नु गम्भीर विषय भएको बताउनु भयो । उहाँले अहिले पनि गम्भीर विषय भन्ने तर गम्भीरतापूर्वक नलिने परिस्थिति देशभित्र विद्यमान रहेको बताउनु भयो । उहाँले पीडित, अन्तर्राष्ट्रिय संस्थाहरुको अगाडि शान्ति प्रक्रियाबारे छुट्टा छुट्टै बयान दिने तर काम केही पनि नगर्ने कुराले शान्ति प्रक्रिय टुंगो लगाउन नसकिने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘आजका दिनमा पनि यो विषय गम्भीर विषय हो भन्न कोही नछोड्ने तर गम्भीरतापूर्वक नलिने परिस्थिति देशभित्र विद्यमान रह्यो । यो सच्चाई हो, पीडितहरुको आवाजबाट आएको कुराहरु गलत भइरहेका छैनन् । के हामीले चरण चरणमा रहेका वार्ता संवादहरुबाट त्यो कुराहरु अघि बढाउने कुरामा मिसिङ गरिरहेका छैनौँ रु गल्ती गरिरहेका छैनौँ रु हामीले अन्तर्राष्ट्रिय संस्थाहरुको अगाडि एउटा, भिक्टिमको अगाडि एउटा कुरा गर्ने, अर्काथरीसँग अर्को कुरा गर्ने तर काम केही पनि नगर्ने ग¥यौँ भने हामी कहीँ पनि पार लाग्दैनाँै । यसरी यो चिज पार पनि लाग्दैन ।’

पूर्वमन्त्री खरेलले काम केही नगर्ने र कुरा मात्रै ठूला गरेर परिणाम नदिने बताउनु भयो । आरोप र प्रत्यारोपले समाधान ननिस्किने बताउनु भयो ।




भर्खरै