२१ मंसिर २०८२, आईतवार
,
Latest
निर्वाचन आउन ८८ दिन बाँकी: समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु ‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश
तपाईं के खोज्दै हुनुहुन्छ ?

तराईमा शीतलहर, जनजीवन प्रभावित, राजमार्गमा सवारी चलाउन समस्या



अ+ अ-

काठमाडौं । तराईका जिल्लामा शीतलहरका कारण जनजीवन प्रभावित भएको छ । बाक्लो हुस्सु र शीतलहरका कारण सवारी सञ्चालनमा समेत समस्या देखिएको छ ।

पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी पश्चिमको बर्दघाट नगरपालिका ४ खुर्सानी खोलामा सवारी आवागमन प्रभावित भएको छ ।

गएराति १ बजेतिर दृश्य कमजोर भएपछि र बाटो चिप्लो भएपछि दुईतर्फी नै बाटो अवरुद्ध भएको थियो । जसका कारण दुवैतर्फ २०० बढी सवारी साधन रोकिएका थिए ।

बिहान सवा ३ बजेदेखि मात्र एकतर्फी सवारी साधन सञ्चालन गरिएको थियो ।

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बिहान तराई मधेशका धेरै स्थानहरूमा हुस्सु/कुहिरो लागेको छ ।

यसले जनजीवन, स्वास्थ्य, यातायात तथा हवाई उड्डयनमा क्षणिक असर पर्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध छ ।