१९ असार २०८३, शुक्रबार
,
Latest
सामुदायिक शिक्षाको गुणस्तर सुधार गरी दक्ष जनशक्ति उत्पादन गरिने शिक्षामन्त्रीद्वारा विश्वविद्यालयका नवनियुक्त उपकुलपतिको शपथ    जगदुल्ला जलविद्युत् आयोजनाको सुरुङ निर्माण सुरु, ऊर्जामन्त्री श्रेष्ठद्वारा शुभारम्भ ३६ लाख मूल्यका भन्सार छलीका सामान बरामद हेलिकप्टरबाट यात्रु र सवारी खोजी गर्न निर्देशन बर्डफ्लु सङ्क्रमणबाट सचेत र सुरक्षित हुन आग्रह प्रहरीसँग गोली हानाहान, लागुऔषध कारोबारी पक्राउ बैतडीमा बस दुर्घटना : घाइतेको सङ्ख्या २० पुग्यो एमालेको नजरमा सरकारको १०० दिन: सुशासनको आवरणमा प्रतिशोध र स्वेच्छाचारिता जनअपेक्षा सम्बोधन गर्दै सुशासनको जग बसाल्न सरकार सफल भयोः सभापति लामिछाने
तपाईं के खोज्दै हुनुहुन्छ ?

कर छुटसहित २८ खेलाडीले पाए एक करोड नगद पुरस्कार



अ+ अ-

काठमाडौँ । राष्ट्रिय खेलकुद विकास नियमावली २०७९ अनुरूप अन्तर्राष्ट्रिय सफलता पाएका तीन खेलका कुल २८ खेलाडीले नगद पुरस्कार पाएका छन् ।

अन्तर्राष्ट्रिय सफलता पाएसँगै नेपाली खेलाडीले पुरस्कार पाउने व्यवस्था राष्ट्रिय खेलकुद विकास नियमावली, २०७९ को अनुसूची–४ को बुँदा– १४ मा स्पष्ट उल्लेख गरिएको छ । सोहीअनुरूप सरकारले प्रधानमन्त्री निवास बालुवाटारमा मंगलवार एक कार्यक्रम आयोजना गर्दै महिला फुटबल, कराते र बिच भलिबलमा अन्तर्राष्ट्रिय पदक विजेता खेलाडीसहितको टोलीलाई नगद पुरस्कार प्रदान गरेको हो ।

खेल संघले पुरस्कारका लागि आवश्यक प्रक्रिया पूरा गरेपछि राष्ट्रिय खेलकुद परिषद् (राखेप)को सिफारिस र युवा तथा खेलकुद मन्त्रालयको प्रश्तावमा खेलाडीले पुरस्कार पाउने गरेका छन् ।

सरकारले साफ महिला फुटबल च्याम्पियनसिपमा रजत विजेता, १९ औं एशियाली खेलकुदमा पदक विजेता र काभा बिच पुरुष तथा महिला भलिबल प्रतियोगिताका विजेता कुल २८ खेलाडी, प्रशिक्षक र व्यवस्थापकले कुल एक करोड एक लाख ४० हजार नगद पुरस्कार प्रदान गरेको हो । सबै खेलाडीलाई कर कट्टा नगरी पुरस्कार प्रदान गरेको राखेपले जनाएको छ । प्रधानमन्त्री केपी शर्मा ओली र युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले खेलाडीलाई पुरस्कृत गरे । सो अवसरमा राखेपका सदस्यसचिव टंकलाल घिसिङ, खेलकुद मन्त्रालयका सचिव सुमनराज अर्याल र राष्ट्रिय खेल संघका पदाधिकारी उपस्थित थिए ।

गत कात्तिक १४ गतेसम्म काठमाडौंमा सम्पन्न साफ च्याम्पियनसिपको फाइनलमा बंगलादेशसँग पराजित भएपछि नेपाली महिला फुटबल टोली रजत पदकमा सिमित भएको थियो । सोही साफमा रजत विजेता २३ खेलाडीसहित २८ सदस्यीय टोलीले कुल ७४ लाख ६० हजार रुपैयाँ नगद पुरस्कार पाए । खेलाडीले जनही ३ लाख र मुख्य प्रशिक्षक राजेन्द्र तामाङले दुई लाख पुरस्कार पाएका हुन् । उक्त टोलीमा कप्तान तथा गोलकिपर एञ्जिला तुम्बापो सुब्बा, पूजा राना, अमृत जैसी, हिराकुमारी भुजेल, रेनुका नगरकोटे, सरु लिम्बू, रश्मिकुमारी घिसिङ, गीता राना, प्रीति राई, सविता रानामगर र अमिशा कार्की थिए ।

त्यस्तै टोलीको गोलकिपरद्वय उषा नाथ र अञ्जना राना मगर, अन्य सदस्य विमला विक, समीक्षा घिमिरे, अनिता बस्नेत, रेखा पौडल, अनिता केसी, विमला चौधरी, निशा थोकर, सजनी ठोकर, दीपा शाही, सावित्रा भण्डारी र मुख्य प्रशिक्षक राजेन्द्र तामाङ हुन् । सहायक प्रशिक्षक भगवती थापा र गोलकिपर प्रशिक्षक विनोद महर्जनले समान ६० हजार तथा व्यवस्थापक विन्द्रा देवान र फिजियोथेरापिष्ट नविना श्रेष्ठले समान एक लाख २० हजार नगद पुरस्कार प्राप्त गरे । उक्त कार्यक्रममा कप्तान एन्जिला, पूजा, अमिशा, समीक्षा, रेखा, सजनी र सावित्रा उपस्थित थिएनन् । एञ्जिला, सावित्रा र रेखा विदेशी लिगमा खेलिरहेका छन् ।

सोही कार्यक्रममा गत असोजमा चीनको हाङझाउमा सम्पन्न २० औं एशियाली सिनियर कराते च्याम्पियनसिपका पदक विजेता एरिका गुरुङले भने ६ लाख रुपैयाँ पाइन् । प्रशिक्षक कुशल श्रेष्ठ एक लाख ८० हजार नगद पुरस्कृत भए । एशियाली खेलकुदमा एरिकाले महिला ६८ केजीमाथि ऐतिहासिक रजत जितेकी थिइन् । नेपालको महिला र पुरुष बिच भलिबल टोलीले गत साउनमा भूटानको थिम्पुमा सम्पन्न काभा बिच प्रतियोगितामा समान एक स्वर्ण र रजत पदक जितेका थिए ।

उक्त टोली चार खेलाडी र एक प्रशिक्षक गरी पाँच जनालाई कुल १९ लाख नगद पुरस्कार प्रदान गरिएको हो । स्वर्ण विजेता महिला टोलीका कमला पुन र मनिषाकुमारी चौधरीले जनही पाँच लाख नगद पुरस्कार प्राप्त गरे ।

रजत विजेता पुरुष टोलीका मानबहादुर श्रेष्ठ र दिलबहादुर सुनारले समान तीन लाख नगद पुरस्कार पाए । मान र दिलको पनि कार्यक्रममा उपस्थित थिएन । दुवै टोलीका मुख्य प्रशिक्षक रूपेशकुमार विष्टले तीन लाख नगद पुरस्कार पाए ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्यसचिव टंकलाल घिसिङले पुरस्कार खेलाडीलाई थप प्रोत्साहन गर्न महत्वपूर्ण रहेको र हाल खेलाडीले पाउने पुरस्कारमा कानूनी रूपले नै सुनिश्चित हुनु सुखद् पक्ष रहेको बताए । उनले खेलाडीले पाएका पुरस्कारमा कर छुट हुँदा थप खुशी प्राप्त भएको उल्लेख गर्दै खेलाडीले पाएको पुरस्कारलाई आकास्मिक लाभको रूपमा राख्न नहुने बताएका छन् ।

सदस्यसचिव घिसिङले खेलाडीले पाउने सफलता आकस्मिक लाभ नभएको र वर्षौंदेखि उनीहरूको मेहनतबाट प्राप्त हुने गरेकाले त्यसका लागि पाउने पुरस्कारलाई आकास्मिक लाभका रूपमा हेर्न नहुने उल्लेख गरे । घिसिङले हाल नेपाली खेलाडीले मिसन २०२६ को तयारी गरिरहेकाले यो पुरस्कारले थप हौसला प्राप्त हुने विश्वास व्यक्त गरेका छन् ।