१९ मंसिर २०८२, शुक्रबार
,
Latest
ओली देउवा निवासमा पुगे, जेनजी आन्दोलनपछि पहिलो भेट लुम्बिनीविरुद्ध जनकपुर टस जितेर ब्याटिङमा एनपीएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? २३ औँ भारत–रूस वार्षिक सम्मेलन शुरु भ्रष्टाचार विरुद्ध खबरदारी गर्न सिंहदरबार पुगे जेन—जी प्रतिनिधि प्रधानमन्त्री कार्कीसँग जापानका राजदूतको शिष्टाचार भेट राजा, राजनीतिक दल र जेन–जीबीच त्रिपक्षीय सम्झौता गरियोस्ः राप्रपा प्रवक्ता शाही ईश्वरलक्षित बादलको टिप्पणीः अहिले नेतृत्वका लागि उम्मेदवारी घोषणा गर्दै हिँड्ने कुरा उपयुक्त होइन नवनियुक्त सदस्य सचिव मेहताले गरे पदभार ग्रहण अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो
तपाईं के खोज्दै हुनुहुन्छ ?

माओवादी बैठकमा जनार्दनले भनेः अध्यक्ष पनि निर्वाचन प्रक्रियाबाट चुनिनुपर्छ



जनार्दन शर्मा। फाईल फोटो
अ+ अ-

काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले पार्टी अध्यक्ष निर्वाचन प्रक्रियाबाट चुनिएर आउनुपर्ने बताएका छन् ।

काठमाडौंमा जारी केन्द्रीय समितिको बैठकमा विशेष समयमा बोल्दै शर्माले विधान सम्मेलनबाट पार्टीका सबै कमिटी निर्वाचनको प्रक्रियाबाट चयन हुने निर्णय भइसकेकाले अध्यक्ष पनि निर्वाचित भएर आउनुपर्ने बताए ।

पार्टीलाई प्राइभेट कम्पनी जसरी चलाएर बाहिर आलोचना हुने गरेको चर्चा गर्दै उनले त्यस्तो आलोचना चिर्नका लागि पनि अध्यक्ष निर्वाचनबाट चुनिएर आउनुपर्ने धारणा राखेको एक केन्द्रीय सदस्यले जानकारी दिए ।

यस्तै, शर्माले नेताहरूको सम्पत्ति छानबिन गर्न स्वतन्त्र उच्चस्तरीय आयोग गठन गर्न पनि ,प्रस्ताव गरेका छन् । साथै, उनले पार्टीको तीन महिने अभियान सञ्चालन थर्न र आगामी भदौमा महाधिवेशन गर्न प्रस्ताव गरेका छन् ।