२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
वातावरणमैत्री र हरित सडक निर्माणमा सडक विभागको जोडः देशभर वृक्षारोपण र संरक्षण अभियान अघि बढाइने लोकतन्त्रको रक्षा र राष्ट्रियताको संरक्षणमा युवाको भूमिका महत्त्वपूर्ण छः मुख्यमन्त्री आचार्य पूर्वप्रधानन्यायाधीश रेग्मीद्वारा संविधान संशोधनमा मूल मर्म जोगाउँदै शासकीय स्थायित्वमा जोड सरकारप्रति पूर्वप्रधानमन्त्री कार्कीको टिप्पणीः शक्तिमा आइयो भनेर विपक्षलाई पूरै निमिट्यान्न गराउँछु भन्नेतिर लाग्नु हुँदैन ३० हजार मेगावाटको लक्ष्य असम्भव छैन, ४० कम्पनीले ५–५ सय मेगावाट बनाए पुग्छः मोहन डाँगी विद्रोहपछि तोकिएको छ महिनाभित्र निर्वाचन सम्पन्न हुनु चानचुने कुरा होइनः कार्यवाहक प्रमुख आयुक्त भण्डारी कैलाली दुग्धजन्य पदार्थ बिक्रीबाट छ करोड सङ्कलन जलवायु एवं प्रकृतिमैत्री विकासलाई प्राथमिकता दिन मन्त्री चौधरीको आह्वान प्रधानमन्त्रीको अभिव्यक्तिको विरोधमा नेविसंघको प्रदर्शन हिमालय एयरलाइन्सद्वारा काठमाडौँ–शेन्जेन सिधा उडान सुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

माओवादी बैठकमा जनार्दनले भनेः अध्यक्ष पनि निर्वाचन प्रक्रियाबाट चुनिनुपर्छ



जनार्दन शर्मा। फाईल फोटो
अ+ अ-

काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले पार्टी अध्यक्ष निर्वाचन प्रक्रियाबाट चुनिएर आउनुपर्ने बताएका छन् ।

काठमाडौंमा जारी केन्द्रीय समितिको बैठकमा विशेष समयमा बोल्दै शर्माले विधान सम्मेलनबाट पार्टीका सबै कमिटी निर्वाचनको प्रक्रियाबाट चयन हुने निर्णय भइसकेकाले अध्यक्ष पनि निर्वाचित भएर आउनुपर्ने बताए ।

पार्टीलाई प्राइभेट कम्पनी जसरी चलाएर बाहिर आलोचना हुने गरेको चर्चा गर्दै उनले त्यस्तो आलोचना चिर्नका लागि पनि अध्यक्ष निर्वाचनबाट चुनिएर आउनुपर्ने धारणा राखेको एक केन्द्रीय सदस्यले जानकारी दिए ।

यस्तै, शर्माले नेताहरूको सम्पत्ति छानबिन गर्न स्वतन्त्र उच्चस्तरीय आयोग गठन गर्न पनि ,प्रस्ताव गरेका छन् । साथै, उनले पार्टीको तीन महिने अभियान सञ्चालन थर्न र आगामी भदौमा महाधिवेशन गर्न प्रस्ताव गरेका छन् ।

 




भर्खरै