२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
रु २१ खर्ब २४ अर्बको बजेटप्रति मिश्रित प्रतिक्रिया, कार्यान्वयन र राजस्व लक्ष्यमा देखिए प्रमुख चुनौती सगरमाथामा ६ दिन हराएर उद्धार गरिएका हिलारी दावा शेर्पा उपचारका लागि ह्याम्स अस्पतालमा भर्ना सरकारको ऊर्जा लक्ष्य बजेटले पूरा गर्न सक्दैनः दुलाल राप्रपाका १८३ जना नेता–कार्यकर्ताले सामूहिक रूपमा गरे पार्टी परित्याग कुशलको लगातार दोस्रो शतक सरकार सुशासन र द्रुत आर्थिक विकासको काममा प्रतिवद्ध छः परराष्ट्रमन्त्री खनाल गौतमबुद्ध क्रिकेट रङ्गशालाको काम पुनः सुरु सशस्त्र प्रहरी हेडक्वार्टर एमटी शाखा आगलागीबारे छानबिन समिति गठन अफगानिस्तानमा भएको बारुती सुरुङ् विस्फोटमा दुई जना बालबालिकाको मृत्यु २० मेगावाटसम्मका आयोजना कर्णाली प्रदेश सरकारले निर्माण गर्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

संविधान संशोधनबाट सबै कुराको समाधान खोज्नु गलत होः उपमहासचिव ज्ञवाली



अ+ अ-

काठमाडौँ । नेकपा एमालेका उपमहासचिव प्रदीपकुमार ज्ञवालीले संविधन संशोधनबाट सबै चिजको समाधान खोज्नु नहुने बताउनुभएको छ ।

मंगलवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले संविधान निर्माण भएको १० वर्ष लागेको अवसरमा संविधान संशोधनको विषयले प्रवेश पाएको उल्लेख गर्नुभयो ।

उहाँले संविधान निर्माणपछि केही महत्वपूर्ण उपलब्धिहरु हाँसिल भएको र मुलुक स्वभाविक लयमा लोकतान्त्रिक अभ्यासमा गएको उल्लेख गर्नुभयो । मुलुकमा यावत समस्याहरु रहेको बताउँदै क्रान्तिले जगाएको अपेक्षा र अहिले नागरिकलाई दिइएको सुविधाका बीचमा ठूलो खाडल रहेको बताउनु भयो । संविधानबाटै सबै कुराको समाधान खोज्न नहुने उहाँको भनाइ छ ।

उहाँले भन्नुभयो, ‘हामी संविधानको १० औं वर्षमा प्रवेश गरेका छौँ । यस बीचमा केही महत्वपूर्ण उपलब्धिहरु भएका छन् । मुलुक स्वभाविक लयमा लोकतान्त्रिक अभ्यासमा गएको छ । हामीले दुई दुई पटक प्रतिनिधि सभा, प्रदेश सभाको चुनाव गरेका छौँ । उनीहरुले कति डेलिभरी गरेका छन्, बेग्लै कुरा होला । तर लोकतान्त्रिक अभ्यास स्मुथली रन गरिरहेको छ । धेरै कुराहर भएका छन् । त्यसकै जगमा उभिएर हामीले समीक्षा गर्ने भनेका हौँ । मुलुकमा यावत समस्याहरु छन् । क्रान्तिले जगाएको अपेक्षा र अहिलेको हाम्रो डेलिभरीबीचमा ठूलो ग्याप छ । हामी समाधान कहाँ खोजिरहेका छाँै भने संविधानबाटै सबै कुराको समाधान होस् भनेर सबैकुरा संविधान संशोधनमार्फत अहिलेका समस्याहरुको सम्बोधन गर्न खोजिरहेका जस्ता तर्कहरु पनि हामीले सुन्छौँ । त्यो गलत हो भन्ने मलाई लाग्छ । कति संविधानका अन्तरनिहित कमजोरीका कारणले आजको समस्या आएको छ । कति संविधानभित्र अभ्यास गर्ने हामी पात्रहरु, संस्थाहरु र हाम्रा प्रवृत्तिहरुले काम गरेको छ । सबै कुराको समाधान संविधानमा खोज्ने, संविधान संशोधनमा खोज्ने र समाधान भएन भने संविधान नै बदल्नतिर लाग्ने तरिकाले हामी कहीँ पुग्दैनौँ । संविधन संशोधन सबै चिजको समाधान हुन सक्दैन । ’

उपमहासचिव ज्ञवालीले राजनीतिक स्थयित्वको निम्ति संविधान संशोधन गर्न खोज्दा संसदको स्थिरता वा सरकार र सरकारले अवलम्वन गर्ने नीतिहरुको संगति ? भन्नेबारे स्पष्ट हुनुपर्ने बताउनु भयो । संविधान आफँैमा गतिशिल दस्ताबेज भएको बताउनु भयो । संविधानलाई अधिकतम लचिलो बनउनुपर्ने बताउनु भयो ।