१८ असार २०८३, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

हेर्नुहोस सपनामा गाई देख्दा कस्ता फल प्राप्त हुन्छन् ?



अ+ अ-

सेतो गाई देखेमा

सपनामा सेतो गाई देखेमा चाँदी, चिनी, मिश्री वा कुनै पनि सेतो पदार्थसम्बन्धी व्यापारमा लाभ प्राप्त हुनेछ । 

स्वर्ण पहेँलो या हल्का पहेँलो गाई देखेमा 

सपनामा स्वर्ण पहेँलो वा हल्का पहेँलो गाई देखेमा पहेँलो वस्तुहरुको व्यापार तथा उत्पादनमा फाइदा हुनेछ । 

रातो गाई देखेमा 

यदि कसैले सपनामा रातो रंगको गाई देख्यो भने उसले गरी आएको या गर्न सक्ने रातो वस्तुको खेती, उत्पादन र व्यापारमा समेत फाइदा हुनेछ । 

छिर्केमिर्के, रातोपाङ्ग्रे गाई देखेमा

त्यस्ता व्यक्तिले गरी आएका वा गर्न लागेका करार तथा सम्झौताको कार्यबाट लाभ प्राप्त हुने बताइन्छ । 

गाइको दूध दुहेको देखेमा 

सपनामा कसैले गाइको दूध दुहेको देख्यो भने त्यस व्यक्तिको हरेक मनोकांक्षा अथवा उसले आँटेको कार्य सिद्ध हुनेछ । त्यसका साथै यस्तो सपना देख्ने व्यक्तिको धनसम्पत्ति पनि बृद्धि हुनेछ ।

गाइले समागम या मिलन गरेको देखेमा

त्यस्तै गाइले समागम या मिलन गरेको देखेमा त्यस्ता व्यक्तिलाई सन्तान लाभ वा प्राप्तिको सम्भावना हुनेछ । 

गाइले बाच्छाबाच्छीलाई चाटेको देखेमा 

यस्तै गाइले आफ्ना बाच्छाबाच्छीलाई प्रेमपूर्वक स्नेह गरेको देखिएमा पनि सन्तान प्राप्त हुनेछ । (सप्नोध्याय पुस्तकबाट साभार)