७ श्रावण २०८३, बिहीबार
,
Latest
कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानमा भारी वर्षाको पूर्वानुमान यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह ‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया तलब बढ्यो, तर महँगी कति नियन्त्रण भयो? वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति राजनीतिको अन्तिम लक्ष्य समाजसेवा नै होः सभापति थापा अर्जुनधाराका अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै अनधिकृत रूपमा सीप परीक्षण र प्रमाणीकरण गर्ने संस्थाको कार्यालयमा सिलबन्दी हदबन्दीभन्दा बढी जग्गाको अनुगमन सुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

असोज १९ गतेबाट तातोपानी नाका खुल्ला गरिने



अ+ अ-

सिन्धुपाल्चोक । लामो समयदेखि बन्द रहेको तातोपानी नाका सञ्चालनमा आउने भएको छ । मंगलबार मितेरी पुलमा सम्पन्न दुई देशका अधिकारीबीचको बैठकले १९ असोजबाट नाका सञ्चालन गर्ने निर्णय गरेको छ । कोरोना जोखिमका बीच स्वास्थ्य सुरक्षा मापदण्ड अपनाउँदै नाका सञ्चालन गर्ने निर्णय भएको सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी दिए । मंगलबारको द्विदेशीय अधिकारीबीचको बैठकमा भएको सहमतिअनुसार १८ असोजमा चीन क्षेत्रको जाङमु पोर्ट सञ्चालनमा आउने र भोलिपल्टदेखि चिनियाँ सामान तातोपानी नाका हुँदै नेपाल भित्रिनेछन् । ‘१९ गतेदेखि धमाधम सामान आउन थाल्नेछन्।’ –बैठकपछि प्रमुख जिल्ला अधिकारी ढकालले भने ।

नाका सञ्चालनका लागि चिनियाँले स्वास्थ्य सुरक्षाको सवाललाई गम्भीररूपमा लिन र ‘प्रोटोकल’ पूरा गर्न आग्रह गरेका छन् । सामान आयातका लागि जाने चालक, सहचालक र लोडर मजदुरका अनिवार्य पीसीआर गरिनेछ । चालक सहचालक र मजदुरसमेत गरी एक सिफ्टमा २९ जनासम्म नेपाली रहनेछन् । चिनियाँले नाका सञ्चालन भएपछि ५÷५ दिनमा नाकामा खटिने चालक, सहचालक र मजदुरहरूको पीसीआर गर्ने सहमति भएको छ ।

पहिलो समूहका लागि नेपालतर्फ चालक, सहचालक र मजदुरहरू तयारी अवस्थामा रहेको तातोपानी भन्सार कार्यालयले जनाएको छ । नेपाल चीनको प्रमुख व्यापारीक नाका सञ्चालनमा आउन लागेसँगै चिनियाँ क्षेत्रमा अलपत्र परेको नेपाली व्यापारीका सामान नेपाल भित्रिने विश्वास लिइएको छ । २०७१ साउन १७ को जुरेपहिरोले तातोपानी नाकाको व्यापारमा धक्का लाग्यो । त्यसपछि २०७२ को विनाशकारी भूकम्पले सीमाक्षेत्र तहसनहस बनेपछि तातोपानी नाका पूर्णतया बन्द भएको थियो । २०७३ को भोटेकोसी बाढीले नाकाक्षेत्रको सडक क्षतविक्षत बनाइदिएका कारण नाका सञ्चालनमा थप कठिनाइ थपिएको थियो ।

तातोपानीतर्फ नेपालले अघोषित नाकाबन्दीकै नियति भोग्दै ४ वर्षपछि २०७६ जेठ १५ मा निकै तामझामका साथ नाका सञ्चालनमा त ल्याइयो तर तातोपानीबाट अपेक्षाकृत व्यापारीक चहलपहल हुन सकेन । पछिल्ला बाढीपहिरोले बाह्रबिसे तातोपानी खण्डको सडक क्षतविक्षत छ । तत्काल नाका सञ्चालनमा ल्याउनका लागि सडक स्तरोन्नति गर्नुपर्ने देखिन्छ । ‘सडक विभागले बाह्रबिसे तातोपानी खण्डको सडक सहज बनाउनेछ, त्यसो हुँदा सडकको समस्या रहँदैन।’ –प्रजिअ ढकालले भने । नेपाल समाचारपत्र दैनिक