२९ पुष २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

मोनाकोलाई हराउँदै पिएसजीले जित्यो फ्रेन्च सुपर कप



अ+ अ-

काठमाडौँ । फ्रेन्च सुपर कपको उपाधि पेरिस सेन्ट जर्मेन (पिएसजी)ले जितेको छ ।

गएराति कतारको दोहास्थित स्टेडियम ९७४ मा भएको फाइनल खेलमा एएस मोनाकोलाई १-० गोलले हराउँदै पिएसजी १३ औं पटक च्याम्पियन बनेको हो ।

पिएसजीको जितमा ओस्माने डेम्बेलेले निर्णायक गोल गरे । उनले खेलको इन्जुरी समयमा गोल गरेका हुन् ।