१२ माघ २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

फुलहम र इप्सविचको बराबरी



अ+ अ-

काठमाडौँ । इंग्लिस प्रिमियर लिग फुटबलमा फुलहम र इप्सविच टाउनले बराबरी खेलेका छन् ।

गएराति भएको खेलमा दुबै टिमले २-२ गोलको बराबरी खेल्दै अंक बाँडेका हुन् ।

घरेलु टोलि फुलहमका लागि राउल जिमिनेजले ६९ औं र ९०+१ औं मिनेटमा गोल गरे । उनले दुबै गोल पेनाल्टीमा गरेका हुन् । यता, इप्सविचका लागि सामी स्मोडिक्सले र लियाम डिलाप (पेनाल्टी)ले गोल गरे ।

फुलहम २० खेलबाट ३० अंकका साथ तालिकाको नवौं स्थानमा छ भने इप्सविच १६ अंकका साथ १८ औं स्थानमा छ ।