२ बैशाख २०८२, मंगलवार
April 15, 2025 Tuesday

19.27°C

काठमाडौं

19.27°C

Kathmandu

Feels-like: 19.39

Wind: 1.03

Humidity: 82

Latest
पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर तीन रुपैयाँले घट्यो रवि विरुद्धको मुद्दामा कागजात स्क्यानिङ गरी अपलोड गर्न अदालतको आदेश ललितकला प्रज्ञा–प्रतिष्ठानको आयोजनामा ‘ललितकला मेला– २०८२’ सुरु आईपीयूमा नेपालका दुई सांसदले जिम्मेवारी पाउनु महत्त्वपूर्ण सफलता आत्मसमीक्षासहित देशको स्थिति बुझाउन जागरण अभियान सफल भइरहेको छः अध्यक्ष दाहाल ‘केपी ओली कप’ राष्ट्रिय क्रिकेट : अत्तरिया र मालपोखरी विजयी कांग्रेस नेता ज्ञवालीको निधनप्रति सभापति देउवाद्वारा दुःख व्यक्त थरीथरीका चौँरी हेर्दै रमाए पर्यटक सङ्घीयताको प्रभावकारी कार्यान्वयन नहुँदा काम गर्न अप्ठेरो-राजकुमार शर्मा अन्तरराष्ट्रिय जुडो प्रतियोगिता बिहीबारदेखि
तपाईं के खोज्दै हुनुहुन्छ ?

भीम रावलबारे एमाले नेताहरुः पार्टी निर्णयविरुद्ध लाग्दा निष्कासित गर्नु सामान्य र औपचारिक प्रक्रिया



अ+ अ-

काठमाडौँ । नेकपा (एमाले)का नेताहरुले पार्टीबाट पूर्वउपाध्यक्ष डा. भीम रावललाई निष्कासन गर्नु औपचारिक र सामान्य प्रक्रिया भएको बताउनुभएको छ ।

आईतवार केन्द्रिय कमिटिको बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उहाँहरुले यस्तो बताउनुभएको हो । केन्द्रिय सदस्य महेश बस्नेतले विगत तीन वर्षदेखि पार्टी गतिविधिमा सक्रिय नहुनु भएको र पार्टी निर्णयको विरोधमा उत्रिएपछि कारबाही गरिएको बताउनु भयो । उहाँकाअनुसार पार्टीले सोधको स्पष्टिकरण समेत नदिएको र अर्कै देशव्यापी अभियान सञ्चालन गर्न लागेको सूचना पाएपछि रावललाई पार्टीबाट निष्कासन गरेको हो ।

उहाँले भन्नुभयो, ‘हामीले पार्टीको दशौं महाधिवेशनमा उपाध्यक्ष बन्नको लागि निकै अनुनय विनय गर्यौँ हामीले । उहाँले पार्टी अध्यक्ष बन्ने तिव्र इचछा जनाउनु भयो । पार्टी अध्यक्षबाट पराजित भइसकेपछिको पहिलो केन्द्रीय कमिटिको बैठकमा नै हामीले उहाँलाई केन्द्रिय सदस्यको रुपमा पार्टीमा काम गर्न अनुरोध गर्यौँ ।

उहाँले त्यो प्रस्तावलाई स्विकार गर्नुभएन । त्यसपछि उहाँलाई सल्लाकार समितिमा बस्ने भुमिका दियौं । त्यो पनि उहाँले स्वीकार्नु भएन । तीन वर्षदेखि उहाँ पार्टीको कुनै गतिविधिमा रहनु भएन । र पार्टीका हरेक निर्णय र हरेक राम्रा गतिविधिका विरुद्धमा उहाँ लाग्नुभयो ।

स्पष्टिकरण सोध्दा दिनु भएन । उहाँले आफूलाई नै निस्क्रिय बनाउनुभएको थियो । उहाँले नयाँ अभियान सञ्चालन गर्ने सूचना पार्टीले पाएपछि निष्कासन गरेको हो । यो एकदमै सामान्य र औपचारिक प्रक्रिया हो ।’

सांसद योगेश भट्टराईले उहाँलाई अगामी राजनीतिक बाटो अवलम्वन गर्न सजिलो होस् भनेर एमालेले निकास दिएको बताउनु भयो । उहाँले रावलले कम्युनिष्ट विचार र कम्युनिष्ट आन्दोलन छोडेको विषयले नै उहाँ एमालेबाट राजिखुशी निस्किनुभएको स्पष्ट भएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘अहिलेको परिस्थितिमा उहाँले नै कम्युनिष्ट आन्दोलन र कम्युनिष्ट विचार छोडेको कुराहरु आइरहेको छ । यसबाट नै पुष्टि हुन्छ उहाँ राजिखुशीले नै उहाँलाई राजनीतिक बाटो अवलम्वन गर्न सजिलो होस भने नै नेकपा एमालेले निकास दिएको हो ।’

पार्टी गतितिविधिमा सक्रिय नहुने र पार्टीको विधान नमान्ने जोकोहीलाई कारबाही गरिनु सामान्य विषय भएको उहाँको भनाइ छ