२४ पुष २०८१, बुधबार
,
Latest
अर्थतन्त्र सुदृढ गर्न नीति र संरचना सुधारमा केन्द्रित : अर्थमन्त्री पौडेल शान्ति प्रक्रियाका बाँकी काम राजनीतिक कारणले टुंगिन सकेनन्ः अध्यक्ष दाहाल बक्यौता रकम भुक्तानीका लागि निर्माण उद्योग परिषद्को प्रधानमन्त्रीलाई आग्रह मायादेवी मन्दिरमा एक करोड ४३ लाख दान सङ्कलन बाक्लो हुस्सुका कारण पूर्व–पश्चिम राजमार्ग अवरुद्ध राजदूत तुम्बाहाम्फेबाट ओहदाको प्रमाणपत्र प्रस्तुत स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणः दुईजना धरौटीमा रिहा उमागौरी सहकारी प्रकरणः ऋषिकेश पत्नी अञ्जला कोइराला अदालत उपस्थित रामचरणको कार्यक्रममा गएका २ फ्यानको मृत्यु यो वर्षको हिउँद पनि सुख्खा हुने, चुनौति थपियो
तपाईं के खोज्दै हुनुहुन्छ ?

जापानमा बर्डफ्लुको प्रकोप



अ+ अ-

एजेन्सी । जापानको उत्तरी इवाते क्षेत्रको एक फार्ममा बर्डफ्लु को प्रकोप फैलिएपछि जापानका अधिकारीहरूले आइतबारदेखि करिब ५० हजार कुखुरा नष्ट गर्न सुरु गरेका छन् ।

जापानमा बर्डफ्लुको यो १९ औँ प्रकोप भएको कृषि मन्त्रालयले जनाएको छ ।

पछिल्लो फार्ममा कुखुराको मृत्यु दर बढ्दै गएको र आइतबार गरिएको परीक्षणमा फार्मका कुकुरामा बर्डफ्लुको सङ्क्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

यसले गर्दा त्यहाँ ५० हजार कुखुरालाई नष्ट गरिएको क्षेत्रीय प्रशासनले जनाएको छ ।

इवातेले तीन किलोमिटर (१.८६ माइल)को परिधिभित्र रहेका अन्य दुई फार्ममा राखिएका १७ हजार पङ्क्षीको आवागमनमा पनि प्रतिबन्ध लगाएको छ ।

सङ्क्रमित फार्मको १० किलोमिटरभित्र राखिएका करिब ३८ लाख चरा तत्कालका लागि उक्त षेत्रबाट बाहिर जानबाट रोकिने छ ।

बिहीबार इवातेको अर्को फार्म र मध्य आइची क्षेत्रको एक फार्ममा बर्ड फ्लु भाइरसको सङ्क्रमण देखिएको थियो र यसले ती फार्ममा क्रमशः एक लाख २० हजार र एक लाख लाख ४७ हजार पङ्क्षीलाई नष्ट गर्नुपरेको छ ।

डिसेम्बर २९ मा पूर्वी इबाराकीको एक फार्ममा प्रकोप पुष्टि भएको थियो, जसका कारण त्यहाँ १० लाख ८० हजार पङ्क्षीलाई नष्ट गरिएको थियो ।