१८ असार २०८३, बिहीबार
,
Latest
बर्दियाबाट सुरु भयो लालपुर्जा वितरण, २९ भूमिहीन परिवार बने जग्गाधनी असई विक मृत्यु प्रकरणः पूर्वसांसद महतोसहित छ जनालाई पाँच वर्ष कैद, तीन जनालाई जन्मकैद सजाय सवारीको ठक्करदिँदा युवकको मृत्यु सरकारका १०० दिनः विज्ञान प्रविधिसँगै नवप्रवर्तन मन्त्रालयको नयाँ अभ्यास बोस्नियालाई पराजित गर्दै अमेरिका अन्तिम १६ मा प्रवेश प्रतिनिधिसभा बैठक बस्दै, यी चार विधेयक पारित गर्ने सरकारको तयारी यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य पाल्पामा डिएपी मलको माग बढ्दो, युरियाको खपत घट्दो प्रजातन्त्रमा कस्तो चाहिन्छ नागरिक शिक्षा ? सामाजिक सुरक्षा कोष र सञ्चय कोषका सदस्यलाई किस्ट शिक्षण अस्पतालमा सहज तथा गुणस्तरीय स्वास्थ्य सेवा
तपाईं के खोज्दै हुनुहुन्छ ?

थप १ हजार ५७ जना कोरोनाबाट मुक्त



अ+ अ-

काठमाडौं । आज नेपालमा १५ सय ५९ जना कोरोना भाइरसका संक्रमित थपिएका छन । आज १२ हजार २ सय ५ पीसीआर परीक्षण गरिएकोमा ५ सय ८२ महिला र ९ सय ७७ जना पुरुषमा संक्रमण देखिएको हो । आज काठमाडौंमा ६ सय ९७,  ललितपुरमा १ सय १२ र भक्तपुरमा ९३ जनामा संक्रमण देखिएको छ । यो सँगै नेपालमा आजसम्म कोरोना संक्रमितको जम्मा संख्या ७७ हजार ८ सय १७ पुगेको छ ।

आज १ हजार ५७ जना गरी आजसम्म देशभरी ५६ हजार ४ सय २८ जना संक्रमित डिस्चार्ज भएर घर फर्किएका छन ।

आज आइसियुमा २ सय १ र भेन्टिलेटरमा ३० जना संक्रमितको उपचार भइरहेको छ । यस्तै संस्थागत आइसोलेसनमा देशभरी १० हजार ८७ र  होम आइसोलेसनमा १० हजार ८ सय ४ जना संक्रमितको उपचार भइरहेको छ ।  

यसैबीच मन्त्रालयले पीसीआर परीक्षणको शुल्क समायोजनका लागि विभिन्न प्रयोगशालाहरुलाई २४ घण्टे अल्टिमेटम दिएको छ । प्रवक्ता डा. जागेश्वर गौतमले पीसीआ परीक्षणको शुल्क २४ घण्टाभित्र समायोजन गर्न निर्देशन दिनुभयो । २४ घण्टाभित्र मुल्य समायोजन नभए अनुमित खारेज गर्ने निर्णय भएको पनि उहाँले बताउनुभयो ।