१८ असार २०८३, बिहीबार
,
Latest
बर्दियाबाट सुरु भयो लालपुर्जा वितरण, २९ भूमिहीन परिवार बने जग्गाधनी असई विक मृत्यु प्रकरणः पूर्वसांसद महतोसहित छ जनालाई पाँच वर्ष कैद, तीन जनालाई जन्मकैद सजाय सवारीको ठक्करदिँदा युवकको मृत्यु सरकारका १०० दिनः विज्ञान प्रविधिसँगै नवप्रवर्तन मन्त्रालयको नयाँ अभ्यास बोस्नियालाई पराजित गर्दै अमेरिका अन्तिम १६ मा प्रवेश प्रतिनिधिसभा बैठक बस्दै, यी चार विधेयक पारित गर्ने सरकारको तयारी यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य पाल्पामा डिएपी मलको माग बढ्दो, युरियाको खपत घट्दो प्रजातन्त्रमा कस्तो चाहिन्छ नागरिक शिक्षा ? सामाजिक सुरक्षा कोष र सञ्चय कोषका सदस्यलाई किस्ट शिक्षण अस्पतालमा सहज तथा गुणस्तरीय स्वास्थ्य सेवा
तपाईं के खोज्दै हुनुहुन्छ ?

फास्ट ट्रयाकमा निर्माण हुने सुरुङका लागि पेश गरेको बोलपत्र सार्वजनिक



अ+ अ-

काठमाडौ। फास्ट ट्रयाक अर्थात काठमाडौ तराई  जोड्ने द्रुत सडकमा  बनाउनु पर्ने सुरुङ्ग निर्माणका लागि टेण्डर मा सहभागी कम्पनीको सुची नेािली सेनाले सार्वजनिक गरेको छ ।

सैनिक जनसम्पर्क निर्देशनालयका अनुसारकाठमाडौं तराई मधेश द्रुतमार्ग (फास्ट ट्रयाक ) छोक्रेडाँडादेखि धेद्रे खोलासम्मको सुरुङ बनाउनका लागि  २१ ओटा कम्पनीहरुले बोलपत्र पेस गरेका छन् । यसै गरी धेद्रे खोलादेखि लेनडाँडासम्मको सुरुङ निर्माणका लागि लागि २२ ओटा कम्पनीले बोलपत्र पेश गरेका छन् । 

दुवै आयोजनका लागि १६ कम्पनीले बोलपत्र दाखिला गरेका छन्। छोक्रेडाँडादेखि धेद्रे खोलासम्मको सुरुङमा मात्रै बोलपत्र दाखिला गर्ने ५ ओटा र धेद्रे खोलादेखि लेनडाँडासम्मको सुरुङमा मात्रै बोलपत्र दाखिला गर्ने ६ ओटा कम्पनी रहेको निर्देशनालयले जारी गरेको बिज्ञप्तिमा उल्लेख छ ।  

छोक्रेडाँडादेखि धेद्रे खोलासम्म ३ किलोमिटर र धेद्रे खोलादेखि लेनडाँडासम्म दुई ठाउँमा गरी ३ं१ किलोमिटरको सुरुङ बन्नेछ ।

बोलपत्र पेश गर्ने कम्पनीहरुको सुचि सार्वजनिक भैसकेका कारण  अब मुल्याङ्कन समितिले बोलपत्रको मुल्याङ्कन गरी  योग्यताका पुगेका निर्माण कम्पनीको छनौट गर्ने निर्देशनालयले जनाएको छ ।