१९ भाद्र २०८३, शुक्रबार
,
Latest
रेडक्रसको ६४औँ स्थापना दिवस मनाइँदै, भोटेकोशी बाढीमा पाँच हजार स्वयंसेवक परिचालन सुनचाँदीको मूल्यमा वृद्धि १० दिनपछि उद्धार भएका सञ्जय साह भन्छन्– ‘सुरुङभित्र अझै मानिस हुन सक्छन्’ त्रिशूली–३ ‘ए’ आयोजनाबाट उद्धार गरिएका दुईमध्ये एकको अवस्था जटिल सङ्खुवासभाम शिक्षकको हत्या नेपालले जलवायु न्याय खोज्ने अन्तर्राष्ट्रिय प्लाटफर्म कस्ता छन्ः यसो भन्नुहुन्छ जलवायु वित्त विज्ञ राजु पण्डित… कृष्णभीरमा पृथ्वीराजमार्गको नयाँ ट्रयाक खोल्न थालियो गगन थापा विज्ञ टोलीसहित आज रसुवा जाँदै जलवायु सङ्कटसँग जुध्न विकासशील मुलुकलाई थप वित्तीय तथा प्राविधिक सहयोग आवश्यकः एलडिसी त्रिशूली–३ ‘ए’ सुरुङबाट उद्धार गरिएका दुई जनालाई हेलिकप्टरमार्फत काठमाडौं पठाइयो
तपाईं के खोज्दै हुनुहुन्छ ?

असहाय, विपन्न, कमजोर, बेसहाराहरुको लागि न्याय दूर भएको गुनासो छः प्रधानन्यायाधीश राउत



अ+ अ-

काठमाडौँ । प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले असहाय, विपन्न, कमजोर, बेसहाराहरुको लागि न्याय दूर भएको गुनासो आएको बताउनुभएको छ ।

काठमाडौंमा आयोजित वरिष्ठ अधिवक्ताको प्रमाणपत्र वितरण तथा सम्मान कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले असहाय, विपन्न, कमजोर, बेसहाराहरुको लागि न्याय दूर भयो भन्ने व्याप्त गुनासो आएकाले गुनासोहरु मेट्न वरिष्ठ अधिवक्ताहरुले संकल्प गर्नुपर्ने बताउनु भयो । उहाँले इच्छा र संकल्प लिएको खण्डमा असम्भव केही नरहेको बताउनु भयो ।

उहाँले अधिवक्ताहरु पथप्रदर्शक हुनुपर्ने पनि बताउनु भयो । उहाँले केही समय आफूले जानेका ज्ञान, क्षमता र समय असहाय, विपन्न र कमजोरका लागि छुट्याउन आग्रह गर्नुभयो । उहाँले आम नागरिकहरुबाट पाएको आशिर्वाद वरिष्ठ अधिवक्ताको उपाधि भन्दा ठूलो हुने बताउनु भयो ।

प्रधानन्यायाधीश राउतले भन्नुभयो, ‘वरिष्ठहरुलाई मैले भन्नुपर्ने र मेरो अपेक्षा रहेको कुरा के छ भने असहाय, विपन्न, कमजोर, बेसहाराहरुको लागि न्याय दूर भयो भन्ने व्याप्त गुनासो छ । न्यायसँग एक्सेस नै हुन सकेन भन्ने जनगुनासो छ । यस्तो गुनासोहरुलाई मेट्न, हटाउन तपाईंहरुले संकल्प गर्नुभयो र इच्छा गर्नुभयो भने त्यो असम्भव छैन । तपाईंहरु इण्डिसिएटर हुनुस् । तपाईंहरु पथप्रदर्शक हुनुपर्छ ।

तपाईंहरु समाजका कुरा बुझेका, जानेका र व्यहोरेका अगुवा पनि हो । तपाईंहरु प्रवुद्ध त हुँदै हो, वकालत त वरिष्ठज्युहरुले जिन्दगीभर गर्नुहोला नि त्यो गर्न पाइन्छ । तर अलिअलि समय, अलिहलि ज्ञान, क्षमता असहाय, विपन्न र कमजोरका लागि छुट्याइदिनुस् न । म तपाईंहरुलाई नम्रतापूर्वक अनुरोध गर्दछु । मैले यसै भनेको छैन, यसले मान्छेहरुबाट तपाईंहरुले ब्लेसिङ पाउनु हुन्छ, त्यो भनेको त्यो तपाईंहरुको उपाधि भन्दा ठूलो कुरा हो । त्यस्तो पवित्र कुरालाई यो एउटा अवसरको रुपमा उपयोग गर्नुपर्छ ।’

प्रधानन्यायाधीश राउतले बदलिँदो परिवेश र समयमा सर्वोच्चको पाँचौँ पञ्चवर्षीय योजनाले ५० प्रतिशत मिलापत्र गर्ने महत्वकांक्षी उद्देश्य लिएको र वरिष्ठ अधिवक्ताहरुले मद्दत गरे उद्देश्य पूरा हुने दाबी गर्नुभयो ।