२२ पुष २०८१, सोमबार
,
Latest
केन्द्रीय पदाधिकारीहरूको सम्पत्ति विवरण सार्वजनिक गर्ने माओवादीको निर्णय मधेस प्रदेशको कृषि तथा सहकारी मन्त्रालयका तत्कालीन सचिवसहित ६ जना विरुद्ध भ्रष्टाचार मुद्दा ‘भारतले बिना सूचना गैरभन्सार अवरोध गर्ने नै नेपालको प्रमुख समस्या हो’ तालतलैयामा आगन्तुक चराको चहलपहल, जलपन्छी गणना सुरु फणिन्द्र नेपाल सिंहदरबार दक्षिण गेटबाट पक्राउ सहकारीहरुले हामी ठिक अवस्थामा छौँ भन्ने सन्देश दिन जरुरीः मन्त्री अधिकारी जय ट्रफी एलिट कपः सोमपाल कामीले बनाए पहिलो अर्धशतक ध्वनि प्रदूषण गर्ने ६३ वटा मोटरसाइकल नियन्त्रणमा वैदेशिक रोजगारका नाममा ठगी गरेको अभियोगमा तीन पक्राउ जीर्ण बन्दै नख्खु करिडोर, सास्ती खेप्दै स्थानीय
तपाईं के खोज्दै हुनुहुन्छ ?

लोकतान्त्रिक गणतन्त्र र सङ्घीयतालाई मजबुत बनाउन संविधान संशोधन हुनुपर्छः विमलेन्द्र निधी



अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका नेता विमलेन्द्र निधीले लोकतान्त्रिक गणतन्त्र र सङ्घीयतालाई मजबुत बनाउन संविधान संशोधन हुनुपर्ने बताउनुभएको छ ।

मधेस प्रदेशबाट नेपाल पत्रकार महासङ्घको निर्वाचनमा केन्द्र, प्रदेश तथा जिल्लामा निर्वाचित भएका पत्रकारहरूको सम्मानमा जनकपुरधाममा आयोजित बधाई तथा शुभकामना कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले सङ्घीयतालाई थप मजबुत बनाउन प्रदेशमा निजामती कर्मचारी तथा प्रहरी चाँडो समायोजन हुनुपर्ने र त्यसका लागि पनि संविधान संशोधन हुनुपर्ने बतउनु भयो । उहाँले राजनीतिक, आर्थिक, सामाजिक, शैक्षिक र औद्योगिक उन्नयनमा जोड दिनुपर्ने बताउनु भयो ।

कार्यक्रममा नेपाली काँग्रेसका सह–महामन्त्री महेन्द्र यादव, पूर्वमन्त्री एवं नेपाली काँग्रेसका नेता रामकृष्ण यादव, मधेस प्रदेश सभा सदस्य रामसरोज यादव सहितका नेताहरूको सहभागिता रहेको थियो ।