२७ मंसिर २०८२, शनिबार
,
Latest
शनिबार भगवान शनिदेवको पूजा–आराधना गर्नुहोस् आज देशभरको मौसम मुख्यतया सफा रहने अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

खुलेको हिमाल, घुम्म परेको तराई (फोटो फिचर)



समुद्र सतहदेखि तीन हजार ७९४ मिटर उचाइमा रहेको ताप्लेजुङको पाथीभरा (मुकुमलुङ)बाट देखिएको कुम्भकर्ण हिमालको दृश्य । विश्वको ३२औँ अग्लो र नेपालको १५ औं अग्लो हिमालको उचाइ सात हजार ७१० मिटर छ ।
अ+ अ-

काठमाडौं । तराईमा शित लहर सुरु भएको छ । बाक्लो हुस्सुले जनजीवन प्रभावित छ । तर यही बेला हिमालमा भने चर्को घाम लाग्ने गरेको छ ।

नेपालका हिमालहरु अहिले खुलेका छन् । मौसम सफा भएसँगै खुलेका हिमालको दृृश्य मनमोहक देखिन्छ ।

हिमाल र तराईका विभिन्न स्थानमा राससकर्मीले खिचेका केही तस्बिर ।

मुस्ताङको चर्चित पर्यटकीयस्थल ढुम्बा तालबाट देखिएको मानापाथी हिमाल, धौलागिरी आइसफल जाने ट्रेकिङ रुट र पृष्ठभूमिमा धौलागिरी हिमाल ।
मुस्ताङको चर्चित पर्यटकीयस्थल ढुम्बा तालबाट देखिएको मानापाथी हिमाल, धौलागिरी आइसफल जाने ट्रेकिङ रुट र पृष्ठभूमिमा धौलागिरी हिमाल ।
सुर्खेतको वीरेन्द्रनगर नगरपालिका-७ कटकुवाबाट देखिएको कुहिरोले ढाकेको सुर्खेतको वीरेन्द्रनगर र आसपासको क्षेत्र।
कैलालीको लम्कीमा शुक्रबार बिहान लागेको बाक्लो कुहिरो । केही दिनदेखि लगातारको हुस्सु र कुहिरोका कारण यहाँको जनजीवन प्रभावित बनेको छ।

जनकपुरधाममा शुक्रबार बिहान लागेको बाक्लो कुहिरो । केही दिनदेखि लगातारको हुस्सु र कुहिरोका कारण यहाँ अधिक चिसो बढ्दा जनजीवन प्रभावित बनेको छ। 

दाङको घोराही उपमहानगरपालिका- १७ स्थित कृत्रिम गुलेरिया ताल र घोराही बजार । घोराही उपमहानगरपालिकाभित्र बनेका दुई दर्जन बढी कृत्रिम बहुउपयोगी तालबाट कृषकहरु लाभान्वित भएका छन ।