१८ असार २०८३, बिहीबार
,
Latest
सरकारका १०० दिनः विज्ञान प्रविधिसँगै नवप्रवर्तन मन्त्रालयको नयाँ अभ्यास बोस्नियालाई पराजित गर्दै अमेरिका अन्तिम १६ मा प्रवेश प्रतिनिधिसभा बैठक बस्दै, यी चार विधेयक पारित गर्ने सरकारको तयारी यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य पाल्पामा डिएपी मलको माग बढ्दो, युरियाको खपत घट्दो प्रजातन्त्रमा कस्तो चाहिन्छ नागरिक शिक्षा ? सामाजिक सुरक्षा कोष र सञ्चय कोषका सदस्यलाई किस्ट शिक्षण अस्पतालमा सहज तथा गुणस्तरीय स्वास्थ्य सेवा फिफा विश्वकप : बेल्जियम अन्तिम १६ मा, सेनेगल बाहिरियो अमेरिकी स्वतन्त्रता दिवस ‘रिसेप्सन’ समारोहमा उपराष्ट्रपति यादव सहभागी ठेक्का सम्झौता भएको पाँच वर्षपछि सडक स्तरोन्नति
तपाईं के खोज्दै हुनुहुन्छ ?

पहिलो सङ्क्रमितलाई पुनः सङ्क्रमण



अ+ अ-

सिमकोट । यही असोज ३ गते नेपालगञ्ज हुँदै हुम्ला पुगेकी पहिलो कोरोना सङ्क्रमितमा कोरोना परीक्षण गर्दा पुनः सङ्क्रमण पुष्टि भएको छ । नेपालगञ्जबाट हुम्ला पुगेका सर्केगाड गाउँपालिका गोठी गाउँकी २१ वर्षीया युवतीमा दोस्रो पटक सङ्क्रमण पुष्टि भएको हो ।

एकचालीस जनामा गरिएको परीक्षणमा एक जनामा कोरोना पोजेटिभ भएको जिल्ला अस्पतालका सूचना अधिकारी भक्ति फडेराले जानकारी दिनुभयो । ती युवतीको स्वास्थ्यावस्था सामान्य रहेको जनाइएको छ  । 

यस्तै एउटै जहाजमा आएका विद्युत् कार्यालयका दुई कर्मचारीमा कोरोना पुष्टि भएको छ । उनीहरुको पनि स्वास्थ्यावस्था सामान्य रहेको जिल्ला अस्पताल हुम्ला स्रोतले जनाएको छ । कोरोना सङ्क्रमित सबै स्वास्थ्यकर्मीको निगरानीमा रहेको बताइएको छ । हुम्लामा तीन सक्रिय कोरोना सङ्क्रमित छन् ।