१८ असार २०८३, बिहीबार
,
Latest
सरकारका १०० दिनः विज्ञान प्रविधिसँगै नवप्रवर्तन मन्त्रालयको नयाँ अभ्यास बोस्नियालाई पराजित गर्दै अमेरिका अन्तिम १६ मा प्रवेश प्रतिनिधिसभा बैठक बस्दै, यी चार विधेयक पारित गर्ने सरकारको तयारी यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य पाल्पामा डिएपी मलको माग बढ्दो, युरियाको खपत घट्दो प्रजातन्त्रमा कस्तो चाहिन्छ नागरिक शिक्षा ? सामाजिक सुरक्षा कोष र सञ्चय कोषका सदस्यलाई किस्ट शिक्षण अस्पतालमा सहज तथा गुणस्तरीय स्वास्थ्य सेवा फिफा विश्वकप : बेल्जियम अन्तिम १६ मा, सेनेगल बाहिरियो अमेरिकी स्वतन्त्रता दिवस ‘रिसेप्सन’ समारोहमा उपराष्ट्रपति यादव सहभागी ठेक्का सम्झौता भएको पाँच वर्षपछि सडक स्तरोन्नति
तपाईं के खोज्दै हुनुहुन्छ ?

मेडिकल कलेज शिक्षण अस्पतालमा उपचाररत दुई जना संक्रमितको मृत्यु



अ+ अ-

बाँके । नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचाररत दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ । अस्पतालमा उपचाररत क्रममा बाँके र सुर्खेतका एक एक जनाको मृत्यु भएको हो ।  

नेपालगन्ज उपमहानगरपालिका–४ का ५२ वर्षका पुरुषको बिहान ५ः२० मा मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेशबाबु श्रेष्ठले बताए । मृतक पुरुषमा १२ असोजमा कोरोना पुष्टि भएको थियो । उनलाई फोक्सोमा निमोनिया भएको क्षेष्ठले बताए । 

यस्तै सुर्खेत भेरीगंगा नगरपालिका–५ का ७५ वर्षीया महिलाको बिहीबार राति १ बजेतिर मृत्यु भएको हो । दुर्घटनामा परेर ढाड भाँच्चिएको, मृगौला र पित्तथैलीको समस्या रहेको जिल्ला स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ ।

बाँके जिल्लामा कोरोनाबाट ज्यान जानेको संख्या १७ पुगेको छ ।