काठमाडौं । आज १ हजार ९ सय ११ जनामा संक्रमण देखिएको छ ।
आज देशभरी १ हजार ९ सय ११ जना कोरोना भाइरसका संक्रमित थपिएका छन । १२ हजार ४ सय ४४ पीसीआर परीक्षण भएकोमा ६ सय २८ र पुरुष १ हजार २ सय ८३ जनामा संक्रमण देखिएको छ । काठमाडौंमा ८ स १७, ललितुरमा ६८ र भक्तपुरमा ५८ जनामा संक्रमण देखिएको छ ।
संस्थागत आइसोलेनमा प्रदेश नम्बर १ मा ४ सय १३, प्रदेश नम्बर २ मा ५ सय ९२, बागमती प्रदेशमा ७ हजार ६ सय ८८ र गण्डकी प्रदेशमा ४ सय ८१ जना रहेका छन । यस्तै प्रदेश नम्बर ५ मा ८ सय ६३, कर्णाली प्रदेशमा ३ सय ३६ र सुदुरपश्चिम प्रदेशमा ३ सय ८८ गरी देशभरी १० हजार ७ सय ६१ जना रहेका छन ।
यस्तै होम आइसोलेसनमा प्रदेश नम्बर १ मा १ हजार ६ सय, प्रदेश नम्बर २ मा ५ सय ८३, बागमती प्रदेशमा ६ हजार ६ सय ४७ र गण्डकी प्रदेशमा ५ सय ३२ जना रहेका छन । यस्तै प्रदेश नम्बर ५ मा १ हजार २ सय ८१, कर्णाली प्रदेशमा २ सय ६५ र सुदुरपश्चिम प्रदेशमा १ सय ६१ गरी देशभरी ११ हजार ६९ जना होम आइसोलेसनमा रहेका छन ।
आज ९ सय ६१ डिस्चार्ज भएका छन । आजसम्म प्रदेश नम्बर १ मा ५ हजार १ सय २४, प्रदेश नम्बर २ मा १३ हजार ८ सय ९८, बागमती प्रदेशमा १६ हजार ९० र गण्डकी प्रदेशमा ३ हजार ३ सय ७९ जना डिस्चार्ज भएका छन । यस्तै प्रदेश नम्बर ५ मा ८ हजार ९ सय ११, कर्णाली प्रदेशमा २ हजार ९ सय ६८ र सुदुरपश्चिम प्रदेशमा ७ हजार १९ जना गरी आजसम्म ५७ हजार ३ सय ८९ जना डिस्चार्ज भएका छन ।











