काठमाडौं । उपत्यकामा कोरोना संक्रमितको संख्या २५ हजार नाघेको छ । पछिल्लो २४ घण्टामा थप ९ सय ४३ जनामा संक्रमण पुष्टि भएसंगै संक्रमितको संख्या २५ हजार १ सय पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।को छ ।
प्रवक्ता डा गौतमका अनुसार बिहिबार काठमाडौंमा ८१७, ललितपुरमा ६८ र भक्तपुरमा ५८ जना रहेका छन् ।
यस्तै बुधबार ९ सय २ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो । जसअनुसार काठमाडौं ६९७, ललितपुरमा ११२ र भक्तपुरमा ९३ जना रहेका थिए ।











