१८ असार २०८३, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ५ सय नाघ्यो



अ+ अ-

काठमाडौं । नेपालमा कोरोना भाइरस (कोभिड—१९) बाट मृत्यु हुनेको संख्या ५ सय नाघेको छ ।  

आज थप ११ जना मृतक थपिएसँगै नेपालमा कुल मृतकको संख्या ५ सय ९ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज १० पुरुष र एक महिला गरी ११ जनाको मृत्यु भएको छ । 

मन्त्रालयका अनुसार बाँकेमा ३४ वर्षिया महिलाको कोरोनाबाट मृत्यु भएको छ । यस्तै काठमाडौं उपत्यकामा चारजना संक्रमितको मृत्यु भएको छ । काठमाडौंमा ७८ र ६८ वर्षिय पुरुष, भक्तपुरमा ४८ वर्षिय र ललितपुरमा ४८ वर्षिय पुरुषको मृत्यु भएको छ । 

यस्तै सुनसरी र रुपन्देहीमा तीन — तीन जनाको मृत्यु भएको छ । सुनसरीमा ५६, ५० र २७ वर्षिय पुरुषको मृत्यु भएको छ । रुपन्देहीमा ८०, ५५ र ४२ वर्षिय पुरुषको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।