१८ असार २०८३, बिहीबार
,
Latest
सरकारका १०० दिनः विज्ञान प्रविधिसँगै नवप्रवर्तन मन्त्रालयको नयाँ अभ्यास बोस्नियालाई पराजित गर्दै अमेरिका अन्तिम १६ मा प्रवेश प्रतिनिधिसभा बैठक बस्दै, यी चार विधेयक पारित गर्ने सरकारको तयारी यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य पाल्पामा डिएपी मलको माग बढ्दो, युरियाको खपत घट्दो प्रजातन्त्रमा कस्तो चाहिन्छ नागरिक शिक्षा ? सामाजिक सुरक्षा कोष र सञ्चय कोषका सदस्यलाई किस्ट शिक्षण अस्पतालमा सहज तथा गुणस्तरीय स्वास्थ्य सेवा फिफा विश्वकप : बेल्जियम अन्तिम १६ मा, सेनेगल बाहिरियो अमेरिकी स्वतन्त्रता दिवस ‘रिसेप्सन’ समारोहमा उपराष्ट्रपति यादव सहभागी ठेक्का सम्झौता भएको पाँच वर्षपछि सडक स्तरोन्नति
तपाईं के खोज्दै हुनुहुन्छ ?

मुम्बईले दियो १९२ रनको लक्ष्य



अ+ अ-

दुबईः इन्डियन प्रिमियर लिग क्रिकेट अन्तर्गत बिहीबार साँझ भएको खेलमा मुम्बई इन्डियन्सले किङ्स इलेभेन पञ्जाब समक्ष जितका लागि १९२ रनको लक्ष्य दिएको छ ।

पहिलो ओभरमै क्विन्टन डी कक आउट भएर दबाबमा परेको मुम्बईका लागि रोहित शर्माले ४५ बलमा ७० रनको महत्वपूर्ण पारी खेलेका थिए ।

यसअघिको म्याचमा ९९ रन बनाएर चर्चामा रहेका युबा ब्याट्सम्यान इसान किशनले २८ रन मात्र बनाए । उनी गोथामको बलमा आउट भए ।

पोलार्डले २० बलमा ४७ तथा हार्दिक पाण्ड्याले ३० रन बनाएका थिए ।

किङ्स इलेभेन पञ्जाबमा पनि प्रतिभावान खेलाडीहरू रहेकाले निर्धारित लक्ष पार गर्न सक्ने संभावना छ ।