१ माघ २०८१, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालले घरेलु मैदानमै फोर नेसन्स कप खेल्ने



अ+ अ-

काठमाडौं । नेपालले घरेलु मैदानमा फोर नेसन्स कप खेल्ने भएको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा)का अनुसार नेपालले फागुन ४ गतेदेखि १५ गतेसम्म त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा प्रतियोगिता आयोजना गर्ने भएको हो ।

प्रतियोगितामा नेपालसहित कीर्गिस्तान, लेबनान र म्यानमारले प्रतिस्पर्धा गर्नेछन् ।

यी खेल फ्रेबुअरीको फिफा अन्तर्राष्ट्रिय खेल विन्डोमा खेलाइनेछ । नेपालले यसलाई एएफसी महिला एसियन कप २०२६ को छनोटको तयारीका रूपमा समेत लिएको जनाएको छ ।