१२ भाद्र २०८३, शुक्रबार
,
Latest
एमालेका दुई प्रदेश कमिटीद्वारा राहतका लागि २० लाख सहयोग घोषणा पूर्वप्रधानमन्त्री कार्कीद्वारा एक महिनाको पेन्सन रकम सहयोग केदारनाथ शर्मा बने नयाँ गृह सचिव बाढीपछि भारत र चीनसँग बेलिब्रिज माग्दै नेपाल प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषलाई सूर्य नेपालद्वारा १५ करोड रुपैयाँ सहयोग बाढी प्रभावितलाई पत्रकार महासङ्घ गुल्मीद्वारा एक लाख सहयोग एक्स्ट्रिम इनर्जी ड्रिङ्क्सद्वारा भोटेकोशी बाढीपीडितलाई एक करोड सहयोग रोजगारीका लागि रसुवा पुगेका १२ झापाली बाढीपछि सम्पर्कविहीन परराष्ट्रमन्त्री खनाल र अस्ट्रेलियाकी विदेशमन्त्री वङबीच टेलिफोन वार्ता रसुवा बाढीपीडितलाई बैतडीका चार स्थानीय तहले नौ लाख सहयोग गर्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रेस चौतारीको दशौं राष्ट्रिय महाधिवेशन फागुनको २३–२५ गते विराटनगरमा हुने



अ+ अ-

काठमाडौं । एमाले निकट पत्रकार संगठन प्रेस चौतारी नेपालको दशौं राष्ट्रिय महाधिवेशन फागुन २३ देखि २५ गतेसम्म विराटनगरमा गर्ने निर्णय भएको छ ।

बुधबार सम्पन्न चौतारीको सचिवालय बैठकले सो निर्णय गरेको हो । महाधिवेशन कोशी प्रदेशको औद्योगिक नगरी विराटनगरमा गर्ने निर्णय भएको प्रेस चौतारी नेपालका महासचिव हीरामान लामाले बताउनुभयो ।

अहिले पनि देश र राज्य व्यवस्था विरुद्ध विभिन्न खालका आक्रमण भइरहेको बेला हुन लागेको महाधिवेशनले त्यसलाई चिर्न महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने लामाले बताउनुभयो । ‘श्रमजीवी पत्रकारको साझा संगठनको रूपमा रहेको प्रेस चौतारी नेपालको यो महाधिवेशनले पत्रकारको आन्दोलनलाई अघि बढाउन, देशभरि काम गर्ने पत्रकारको आर्थिक र सामाजिक सुरक्षा एजेण्डालाई स्थापित गर्न तथा राष्ट्र, राष्ट्रियता र लोकतन्त्रलाई थप सुदृढ गराउन महत्पूर्ण भूमिका खेल्ने छ’, लामाले भन्नुभयो ।