२० पुष २०८१, शनिबार
,
Latest
चिनियाँ चलचित्र महोत्सव पुस २५ मा पूर्वमन्त्री आलेलाई विश्वप्रसिद्ध हिन्दू रत्न अवार्ड प्रदान सन्यासको बारेमा रोहितले भने- दुई सन्तानका बाबु हुँ, के गर्नुपर्छ भन्ने मलाई थाहा छ भागदौड मुद्दामा अल्लु अर्जुनलाई जमानत शनिबारको दिन राहु र केतुको यो अद्भुत पाठ जप गर्नुहोस्, सुख शान्ति मिल्नेछ रास्वपाको केन्द्रीय समिति बैठक जारी असहाय, विपन्न, कमजोर, बेसहाराहरुको लागि न्याय दूर भएको गुनासो छः प्रधानन्यायाधीश राउत लोकतान्त्रिक गणतन्त्र र सङ्घीयतालाई मजबुत बनाउन संविधान संशोधन हुनुपर्छः विमलेन्द्र निधी ‘ढोग दिया’ शब्दको दुरूपयोग भएकोप्रति आपत्ति रास्वपाको केन्द्रीय समितिको बैठक आजदेखि
तपाईं के खोज्दै हुनुहुन्छ ?

बजेटमा शिक्षा क्षेत्रलाई प्राथमिकता दिन जरुरीः अध्यक्ष भट्टराई



अ+ अ-

काठमाडौँ । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले बजेटमा शिक्षा क्षेत्रलाई प्राथमिकता दिन जरुरी रहेको बताउनुभएको छ ।

बुधवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले नेपाल विश्वमै आईक्युमा सबैभन्दा पछाडि रहेको उल्लेख गर्दै दिमागको गरिबी खतरनाक हुने बताउनु भयो ।

उहाँले शिक्षा क्षेत्रको विकासका लागि पनि सही राजनीति हुनुपर्ने बताउनु भयो । उहाँले साधन र स्रोतको सिमितता सबैमा ठाउँमा भएपनि त्यो सिमित स्रोतमा कुन क्षेत्रलाई प्राथमिकता दिने भन्नेमा भर पर्ने बताउनु भयो । उहाँले शिक्षाको विकास र मुलुकको आर्थिक तथा सामाजिक विकासका नीति नियमहरु बुझनका लागि सहि राजनीति नै आवश्यक पर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘हामी गरिब छौं, सबै छौं तर दिमागको गरिबि सबैभन्दा खतरनाक कुरा हो । त्यसलाई सच्याउने र सुधार्ने भनेको शिक्षाबाटै हो । फेरि सबैको केन्द्रमा राजनीति नै हुन्छ । हामी शिक्षाका लागि बजेट र प्राथमिकिकरणका कुराहरु गर्नुपर्ने हुन्छ । गर्नुपर्ने त एकैचोटि धेरै छ ।

सत्तामा नगएका साथीहरुलाई त्यो लाग्दो हो । म त गएर पनि फर्किएको हुनाले के भन्छु भने साधन र स्रोतको सिमितता सबैमा हुन्छ । त्यो त अमेरिकालाई पनि आफ्नो बजेट पुगेको छैन । त्यो सिमित स्रोतको पहिलो प्राथमिकता केमा दिने भन्ने हो । यसलाई बुझनको लागि, विकासका नीति र नियमहरु बुझ्नको लागि सही राजनीति नै हुनुपर्छ । हिजो सही थिएन भन्दिन ।’

कार्यक्रममा बोल्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनालले नेपालमा सार्वजनिक शिक्षा लिनेको संख्या निरन्तर ओरालो लागेको भन्दै चिन्ता व्यक्त गर्नुभयो । उहाँले शहरीकरण बढेसँगै सार्वजनिक शिक्षा लिने विद्यार्थीको संख्यामा निरन्तर गिरावट आइरहेको बताउनु भयो । उहाँले पछिल्लो पैसा भएकोले मात्र शिक्षा किन्नसक्ने स्थिति सिर्जना भएको उल्लेख गर्दै यसप्रति सबै सचेत हुन आवश्यक रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘पछिल्लो समय नेपालमा सार्वजनिक शिक्षा लिनेहरुको संख्या निरन्तर घटेर ७५ प्रतिशतभन्दा तल पुगेको छ । नेपाल जति अर्गनाइज हुँदैछ, जति शहरीकरण हुँदैछ त्यति सार्वजनिक विद्यालयहरु र विद्यालयमा पढ्ने विद्यार्थीको संख्या घटेको देखिन्छ । शहरीकरणसँगै नेपालको सार्वजनिक विद्यालय अथावा सार्वजनिक विद्यालयमा पढ्ने विद्यार्थीको संख्या घट्दो छ । त्यसको अर्थ हामी दुईटा समाज निर्माण गर्दैछौं । एउटा जो पैसा खर्च गरेर राम्रो शिक्षा किन्न सक्छ त्यसको परिवारले पाउने शिक्षा अर्को आर्थिक रुपमा विपन्न र सामाजिक रुपमा पछाडि परेको वर्गले नेपालको सरकारी विद्यालयमा मात्र जान्छ । सामुदायिक विद्यालयमा गएको विद्यार्थीले राम्रो शिक्षा आर्जन गर्नसक्छ भन्ने ग्यारेन्टि यो राज्यले गर्न सक्दैन ।’

उहाँले सामुदायिक विद्यालयमा पढ्ने विद्यार्थीले शिक्षा आर्जन गर्नसक्छ भन्ने ग्यारेन्टी राज्यले दिन नसकेको बताउनु भयो । उहाँले शिक्षामा सबैको पहुँच पु¥याउन सरकारले निजी शैक्षिक संस्थाहरुलाई निरुत्साहित गर्न जरुरी रहेको बताउनु भयो ।