२० भाद्र २०८३, शनिबार
,
Latest
भोटेकोशी बाढीबाट साढे सात हजार घरधुरी प्रभावित अँध्यारो सुरुङभित्रको ‘हेलो… हेलो…’ र जीवनको खोजी भोटेकोशी बाढीः रसुवागढी हाइड्रोको छैठौँ तलामा पुग्यो उद्धार टोली, लेदो पन्छाएर खोजी जारी मनास्लु आरोहणका लागि ३४८ जनाले लिए अनुमति, १५ करोड राजस्व संकलन टिमुरेस्थित नेपाल–चीन सीमामा राष्ट्रिय झण्डा पुनःस्थापित गरियो ‘मानव बेचबिखनविरुद्ध अभियानमा सबैको ऐक्यबद्धता आवश्यक छ’-मन्त्री वादी भोटेकोशी बाढी : जलवायु अन्यायको प्रत्यक्ष प्रमाण, नेपालले खोज्नुपर्छ क्षतिपूर्ति पीडामा रहेका मानिसहरुमाथि अनावश्यक टिप्पणी गर्ने, हियाउने र थप पीडा दिन खोज्नेहरू अपराधी हुन् खुलामञ्चमा गौरा पर्व, सुदूरपश्चिम र कर्णालीका युवा सहभागी नेपाली युवा बक्सर घिमिरे बने विश्व च्याम्पियन
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘ए’ डिभिजन लिगः एनआरटीद्वारा जावलाखेल पराजित



अ+ अ-

काठमाडौं । कतार एयरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल अन्तर्गत न्युरोड टिम एनआरटीले जित निकालेको छ । 

सोमबार दिउँसो भएको खेलमा एनआरटीले जावलाखेल युथ क्लबलाई २-० गोल अन्तरले पराजित गरेको हो । 

एनआरटीलाई जित दिलाउन कप्तान दर्शन गुरुङले दुई गोल गरे । 

खेलको ६८ औं मिनेटमा दर्शनले गोल गर्दै एनआरटीलाई अग्रता दिलाएका थिए । मेसुके ओलोमोउको पासमा उनले जावलाखेलका गोलकिपरलाई बिट गर्दै सहजै गोल गरे ।

खेलको ७३ औं मिनेटमा दर्शनले व्यक्तिगत दोस्रो गोल गर्दै एनआरटीलाई २–० गोलको जित दिलाए । 

जितसँगै एनआरटी ९ खेलमा १३ अंक जोड्दै लिगको छैटौं स्थानमा उक्लिएको छ ।

९  खेलमा ८ अंकसहित जावलाखेल दशौं स्थानमा छ । 

यस खेलसँगै लिगमा नवौं चरणका खेलहरु सम्पन्न भएका छन् । नवौं चरणको समाप्तिमा साविक विजेता मछिन्द्र फुटबल क्लब स्पष्ट चार अंकको अग्रतासहित तालिकाको शिर्ष स्थानमा कायम छ ।