• २४ असार २०८१, सोमबार
  •      Mon Jul 8 2024
  •   Unicode
Logo

‘ए’ डिभिजन लिगः एनआरटीद्वारा जावलाखेल पराजित



काठमाडौं । कतार एयरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल अन्तर्गत न्युरोड टिम एनआरटीले जित निकालेको छ । 

सोमबार दिउँसो भएको खेलमा एनआरटीले जावलाखेल युथ क्लबलाई २-० गोल अन्तरले पराजित गरेको हो । 

एनआरटीलाई जित दिलाउन कप्तान दर्शन गुरुङले दुई गोल गरे । 

खेलको ६८ औं मिनेटमा दर्शनले गोल गर्दै एनआरटीलाई अग्रता दिलाएका थिए । मेसुके ओलोमोउको पासमा उनले जावलाखेलका गोलकिपरलाई बिट गर्दै सहजै गोल गरे ।

खेलको ७३ औं मिनेटमा दर्शनले व्यक्तिगत दोस्रो गोल गर्दै एनआरटीलाई २–० गोलको जित दिलाए । 

जितसँगै एनआरटी ९ खेलमा १३ अंक जोड्दै लिगको छैटौं स्थानमा उक्लिएको छ ।

९  खेलमा ८ अंकसहित जावलाखेल दशौं स्थानमा छ । 

यस खेलसँगै लिगमा नवौं चरणका खेलहरु सम्पन्न भएका छन् । नवौं चरणको समाप्तिमा साविक विजेता मछिन्द्र फुटबल क्लब स्पष्ट चार अंकको अग्रतासहित तालिकाको शिर्ष स्थानमा कायम छ ।