६ असार २०८३, शनिबार
,
Latest
नेपालमा ढिला प्रवेश भयो मनसुन लेबनानमा इजरायली आक्रमणमा परी ४७ जनाको मृत्यु, ९७ घाइते इजिप्टमा आइतबार अमेरिका–इरान युद्धका मध्यस्थकर्ताबीच छलफल हुने इरानसँगको सम्झौताले नागरिकको अधिकारको मुद्दालाई सम्बोधन नगरेको विज्ञको भनाइ सामूहिक आवासका लागि पाँच करोड विनियोजन नेपाल राष्ट्र बैंकद्वारा तलब भत्तासम्बन्धी मार्गदर्शन जारी ठूलो र चर्को ध्वनि निकाल्ने एक हजार ३२९ मोटरसाइकल कारबाहीमा हेटौँडाका उद्योगबाट चार करोड बक्यौता संकलन रास्वपा प्रथम महाधिवेशनः उच्च प्राथमिकतामा सुरक्षा रसुवा भन्सारमा ईभी जाँचपास अनियमितता : १३ कर्मचारी निलम्बित, आयातकर्ता कम्पनीमाथि कारबाही प्रक्रिया
तपाईं के खोज्दै हुनुहुन्छ ?

ओलीले मेरो ५१ वर्षिय एमाले राजनीति सक्काईदिएः भीम रावल



photo: rss
अ+ अ-

काठमाडौँ । नेकपा एमालेबाट निष्कासित नेता डा. भीम रावलले आफ्नो ४९ वर्षको पार्टी सदस्यता खोस्ने र ५१ वार्षको राजनीति सक्काउने काम अध्यक्ष केपी शर्मा ओलीले गरेको आरोप लगाएका छन् ।

बुधबार काठमाडौंमा पत्रकार सम्मेलन आयोजना गर्दै उनले यस्तो बताएका हुन् ।

‘माधव नेपाल र झलनाथ खनालविरुद्ध तपाई अध्यक्षतामा उठ्दा केही नहुँने म तपाई विरुद्ध उठ्दा निष्कासन हुने यो कस्तो व्यवस्था हो ? अध्यक्षको उम्मेदवार बन्न के आधार हुनुपर्ने रहेछ र मलाई कारबाही गरियो ? यो कस्तो ओलीको हुकुमत हो ? रावलले ओलीलाई प्रश्न गरे । ‘के पार्टी अध्यक्षमा निश्चित भूगोल र शिक्षाको सीमा भएकाले मात्र उमेदवारी दिने हो ?’

एमालेमा आफूले गरेको संघर्ष र विभिन्न कमिटीमा रहेर गरेका कामहरूको बारेमा संक्षेपमा स्मरण गर्दै उनले भने ‘सदस्यता नै खोसिएपछि विकल्प खोज्न बाध्य भएँ । ममाथि पूर्वाग्रह राखेर कारबाही गरियो ।’

रावललाई गत पुस १० गते बसेको एमाले सचिवालय बैठकले पार्टीको साधारण सदस्य नरहने गरी हटाएको थियो । आफूलाई चितवनमा सम्पन्न महाधिवेशनमा अध्यक्षमा केपी शर्मा ओलीसँग प्रतिस्पर्धा गरेको भन्दै कारबाही गरिएको उनले जिकिर गरे ।

रावलको पत्रकार सम्मेलन जारी छ ।