२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

सदस्यता नै खोसिएपछि विकल्प खोज्न बाध्य भएँः भीम रावल – पूर्णपाठ



अ+ अ-

काठमाडौँ । नेकपा एमालेबाट निष्कासित नेता भीम रावलले सदस्यता नै खोसिएपछि विकल्प खोज्न बाध्य भएको बताएका छन् ।

बुधबार काठमाडौंमा पत्रकार सम्मेलन आयोजना गर्दै उनले यस्तो बताएका हुन् । एमालेमा आफूले गरेको संघर्ष र विभिन्न कमिटीमा रहेर गरेका कामहरूको बारेमा संक्षेपमा स्मरण गर्दै उनले भने ‘सदस्यता नै खोसिएपछि विकल्प खोज्न बाध्य भएँ । ममाथि पूर्वाग्रह राखेर कारबाही गरियो ।’

आफूलाई चितवनमा सम्पन्न महाधिवेशनमा अध्यक्षमा केपी शर्मा ओलीसँग प्रतिस्पर्धा गरेको भन्दै कारबाही गरिएको जिकिर गर्दै रावलले ओलीले पनि किन झलनाथ खनाल र माधव नेपालसँग अध्यक्षमा प्रतिस्पर्धा गरेको भन्दै प्रश्न गरे ।

यस्तै, मुलुकको कूटनीति कमजोर बनेको उल्लेख गर्दै नेता रावलले जमिन बाँझो भएको तथा युवा विदेशिएको कुरा उठाउँदै ठूला भ्रष्टाचारको मुद्दाबारे पनि पत्रकार सम्मेलनमा बोले ।

अपराधलाई राजनीतिकरण र राजनीतिलाई आपराधिकरण गरिएको उनको भनाई छ । मुलुकमा लम्पसारवाद बढेको भन्दै रावलले यसलाई देशभक्त नागरिकले हेरेर बस्न नहुने बताए ।

रावलले आफू पार्टी निर्माणमा निरन्तर सक्रिय हुँदै आएको दावी गर्दै तर पछिल्लो समय दुरासय राखेर आफूमाथि पूर्वाग्रहपूर्ण व्यवहार गरिएको टिप्पणी गरे । पत्रकार सम्मेलनका क्रममा रावलले पटक–पटक एमाले अध्यक्ष केपी शर्मा ओलीको आलोचना गरेका छन् ।

IMG_4148_IMG_4165_merged