१८ असार २०८३, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

अहिंसा दिवसः पूर्वराष्ट्रपति यादव डा. केसीलाई भेट्न शिक्षण अस्पतालमा



अ+ अ-

काठमाडाैं । विश्व अहिंसा दिवसका अवसरमा पूर्व राष्ट्रपति डा. रामवरण यादवले आज शुक्रबार त्रिवि शिक्षण अस्पतालमा अनसनरत डा. गाेविन्द केसीलाइ भेट्नु हुने भएकाे छ ।

स्वास्थ्य क्षेत्रमा सुधारकाे माग गर्दै डा. केसी हाल १९औं अनसनमा बस्नु भएकाे छ । डा. केसीले जुम्लाबाट अनसन शुरू गरेपनि सरकारले उहाँलाई काठमाडाैं ल्याएकाे थियाे । अहिंसात्मक विधिबाटै सरकारमाथि पर्याप्त दबाब सिर्जना गर्न सकिन्छ भन्ने धारणा डा. केसीकाे छ ।

१९ औं अनशनसम्म आइपुग्दा उनले ४८ दिन दुर्गम जिल्लाहरूमा अनशन बस्नु भएकाे छ । यसअघि डा. केसीले ०७५ असार १६ मा जुम्लामा १५ औं अनशन थाल्नु भएकाे थियाे भने ०७५ पुस २५ गते इलाममा १६ औं अनशन गर्नुभएकाे थियाे । १७ औं अनशन उहाँले डडेलधुरामा ०७५ कात्तिक १७ गतेदेखि ९ दिनसम्म बस्नु भएकाे थियाे भने १८ औं अनशन गत जेठ २० गतेदेखि २ दिन बस्नु भएकाे थियाे । जारी १९ औं अनशन भने भदौ २९ गते जुम्लाको बाबिरामस्टो मन्दिरमा सुरु गनुर्भएकाे हाे ।