२१ पुष २०८१, आईतवार
,
Latest
गाजामा इजरायली हवाई आक्रमण र गोलाबारीमा कम्तीमा १८४ जनाको मृत्यु: हमास संविधान संशोधनका क्रममा संघीयता र व्यवस्थामाथि कुनै सम्झौता गर्दैनौंः सन्तोष परियार मानव सेवाभन्दा ठूलो अरु कुनै धर्म छैन: राष्ट्रपति पौडेल वर्ष २०२४ मा खेलकूदः माइक टाइसन बक्सिङदेखि अर्जेन्टिनाको उपाधिसम्म जापानमा बर्डफ्लुको प्रकोप साहिद कपूरको फिल्म ‘देवा’को टिजर सार्वजनिक बागमतीविरुद्ध १०२ रनमै रोकियो मधेश, सन्दीपले लिए ५ विकेट माघेसङ्क्रान्ति नजिकिएसँगै सर्लाहीका किसानलाई तरुल खन्न भ्याइनभ्याइ नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो एलिट कपः ललित एक्लैको सात विकेटमा आर्मी १२१ रनमा समेटियो
तपाईं के खोज्दै हुनुहुन्छ ?

पाँच हजार आठ सय पन्ध्र रोपनीको गाँजा फँडानी



symbolic picture
अ+ अ-

काठमाडौँ । प्रहरीले चालु आर्थिक वर्षको मङ्सिर मसान्तसम्ममा मुलुकका विभिन्न क्षेत्रमा लगाइएको पाँच हजार आठ सय १५ रोपनी क्षेत्रफलको गाँजाखेती फँडानी गरेको छ ।

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक विश्व अधिकारीका अनुसार सबैभन्दा बढी बागमती प्रदेशमा दुई हजार नौ सय ३७ रोपनी क्षेत्रफलमा गाँजाखेती नष्ट गरिएको छ । कोशी प्रदेशमा एक हजार आठ सय १४ रोपनीमा, काठमाडौँ उपत्यकामा एक सय २०, गण्डकी प्रदेशमा तीन सय ४५, लुम्बिनी प्रदेशमा एक सय ६९ रोपनी क्षेत्रफलमा गाँजाखेती नष्ट गरिएको छ ।

त्यसैगरी, मधेश प्रदेशमा दुई सय ५३, कर्णाली प्रदेशमा पाँच रोपनी र सुदूरपश्चिम प्रदेशमा एक सय ७२ रोपनीमा लगाइएको गाँजाखेती नष्ट गरिएको प्रवक्ता अधिकारीले जानकारी दिनुभयो ।