२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
सरकार सुशासन र द्रुत आर्थिक विकासको काममा प्रतिवद्ध छः परराष्ट्रमन्त्री खनाल गौतमबुद्ध क्रिकेट रङ्गशालाको काम पुनः सुरु सशस्त्र प्रहरी हेडक्वार्टर एमटी शाखा आगलागीबारे छानबिन समिति गठन अफगानिस्तानमा भएको बारुती सुरुङ् विस्फोटमा दुई जना बालबालिकाको मृत्यु २० मेगावाटसम्मका आयोजना कर्णाली प्रदेश सरकारले निर्माण गर्ने सगरमाथा आधार शिविरबाट दावा शेर्पाको उद्धार, उपचारका लागि ल्याइयो काठमाडौँ साहित्य मानव सभ्यताको आत्मबोध गर्ने सशक्त माध्यम होः सञ्चारमन्त्री नेपालमा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाका परियोजना र बजेट दुवै घट्दै, चार वर्षमा परियोजना संख्या दुई तिहाइले… कोरम नपुग्दा सार्वजनिक लेखा समितिको बैठक बस्दै नबसी स्थगित बजेटले निजी क्षेत्रलाई सम्बोधन गर्न सकेन, हामी फेरि भिड्छौँः उपाध्यक्ष डाँगी
तपाईं के खोज्दै हुनुहुन्छ ?

पाँच हजार आठ सय पन्ध्र रोपनीको गाँजा फँडानी



symbolic picture
अ+ अ-

काठमाडौँ । प्रहरीले चालु आर्थिक वर्षको मङ्सिर मसान्तसम्ममा मुलुकका विभिन्न क्षेत्रमा लगाइएको पाँच हजार आठ सय १५ रोपनी क्षेत्रफलको गाँजाखेती फँडानी गरेको छ ।

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक विश्व अधिकारीका अनुसार सबैभन्दा बढी बागमती प्रदेशमा दुई हजार नौ सय ३७ रोपनी क्षेत्रफलमा गाँजाखेती नष्ट गरिएको छ । कोशी प्रदेशमा एक हजार आठ सय १४ रोपनीमा, काठमाडौँ उपत्यकामा एक सय २०, गण्डकी प्रदेशमा तीन सय ४५, लुम्बिनी प्रदेशमा एक सय ६९ रोपनी क्षेत्रफलमा गाँजाखेती नष्ट गरिएको छ ।

त्यसैगरी, मधेश प्रदेशमा दुई सय ५३, कर्णाली प्रदेशमा पाँच रोपनी र सुदूरपश्चिम प्रदेशमा एक सय ७२ रोपनीमा लगाइएको गाँजाखेती नष्ट गरिएको प्रवक्ता अधिकारीले जानकारी दिनुभयो ।