५ पुष २०८२, शनिबार
,
Latest
गुणस्तरीय स्वास्थ्य प्रयोगशालाका लागि मानव पुँजी विकास गर्दै कामपा साफ महिला क्लब च्याम्पियनसिप फाइनलः एपीएफ र इस्ट बङ्गाल भिड्दै जेनजी सुशासन सहिदकी आमाको सन्देश : कान्छो छोरोको निधनपछि मन आतिएको छ, सरकारले जनाताको भलो… हिंसापीडित बालबालिकाका लागि सुरक्षित आवास गृहको अभाव तनहुँमा ६८ जना कैदीबन्दी अझै फर्किएनन् यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य बाँसका भौतिक संरचना निर्माणसम्बन्धी मार्गदर्शन–२०८२ सार्वजनिक भएपछि उत्साहित छ ‘रूपाकोट मझुवागढी’ प्रथम कावासोती गोल्डकप आजदेखि सुरु हुँदै सुनौलो परिवार नेपाल र रिलायन्स फाइनान्स लिमिटेडबीच सहकार्य कण्ठरोग निवारणमा सफलता : गलगाँडको समस्या शून्य
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोहलीले अझै ३–४ वर्ष खेल्न सक्छन्ः शास्त्री



अ+ अ-

एजेन्सी । भारतका पूर्व प्रशिक्षक रवि शास्त्रीले विराट कोहलीसँग अझै ३–४ वर्षको क्रिकेट बाँकी रहेको विश्वास व्यक्त गरेका छन् ।

यस्तै, कप्तान रोहित शर्माले टेस्ट फर्म्याटमा फर्म र टेकनिक अभावका कारण अस्ट्रेलिया सिरिजपछिको भविष्यबारे सोच्नुपर्ने शास्त्री बताउँछन् ।

सोमबार मेलबर्न टेस्टमा भारतीय टोली १८४ रनले पराजित भएको थियो । दोस्रो इनिङ्समा कप्तान रोहित शर्माले ९ रन र विराट कोहलीले ५ रन मात्र बनाउन सके । यो वर्ष दुवै खेलाडीको फर्म खराब रह्यो ।

भारतका सिनियर ब्याट्सम्यान रोहित र कोहली लगातार खराब फर्मसँग संघर्ष गरिरहेका छन् । रोहितले पाँच इनिङ्समा ३१ रन मात्र बनाएका थिए, उनले एक पटक मात्र दोहोरो अंक छुन सके ।

सिरिजमा उनको स्कोर ३, ६, १०, ३ र ९ थियो । यस अवधिमा उनको औसत ६.२० मात्र रहेको छ । यति मात्र होइन, यो अस्ट्रेलिया भ्रमणमा कुनै पनि कप्तानको सबैभन्दा कम औसत हो ।

पर्थ टेस्टमा शतक बनाए पनि कोहली अफ स्टम्प बाहिरका बलमा लगातार आउट भइरहेका छन् । सिरिजमा उनको स्कोर ५, १००, ७, ११, ३, ३६ र ५ छ । शास्त्रीले स्टार स्पोर्ट्ससँग भने, ‘मलाई लाग्छ कोहलीले आगामी तीन वा चार वर्ष क्रिकेट खेल्न सक्छन्, उनको टेकनिकमा खासै कमजोरी छैन ।’

शास्त्रीले थप भने, ‘विराटले अफ स्टम्पबाहिर ड्राइभ गर्न छोडेका छैनन् । हामी सबै उनको अनुशासनको कुरा गर्छौं, उसले त्यो अनुशासन किन मैदानमा ल्याउन सक्दैन ?’