१५ श्रावण २०८३, शुक्रबार
,
Latest
ब्रड पिक दुर्घटना : यी हुन् निर्मल पुर्जासहित बेपत्ता भएका नेपाली सार्वजनिक ऋणको त्रास अनावश्यक, कर्जा विस्तार संकुचनले अर्थतन्त्र प्रभावितः पूर्वगभर्नर डा. नेपाल चार महिनामा विपद्का तीन हजार ९५१ घटना, १९३ जनाको मृत्यु इरानमाथि अमेरिकी सेनाको नयाँ हवाई आक्रमण, सैन्य अखडाहरूमा व्यापक क्षति राजविराजका विभिन्न क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य सामाजिक सद्भाव कायम राख्न उद्योग परिसङ्घको आग्रह विभिन्न स्थानबाट लागुऔषधसहित २५ जना पक्राउ करदाता प्रोत्साहन उपहार कार्यक्रमलाई सहजीकरण गर्न राष्ट्र बैंकको निर्देशन ब्रड पिकमा हिमपहिरोपछि निर्मल पुर्जासहित १० सदस्यीय आरोही टोली बेपत्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

बालविवाह अन्त्यका लागि तीन तहका सरकार मिलौंँ: मन्त्री सुडी



अ+ अ-

काठमाडौँ । महिला,बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिसोर साह सुडीले बालविवाह अन्त्यको लागि तीन तहको सरकारले समन्वय र सहकार्य गर्न जरुरी रहेको बताउनुभएको छ ।

मंगलवार ललितपुरमा बालविवाह मुक्त नेपाल अभियान सञ्चालनका लागि आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री सुडिले यस्तो बताउनुभएको हो ।

उहाँले संघ र प्रदेश सरकारले निर्माण गरेका कानूनहरुको कार्यान्वयनका स्थानीय तह लाग्न आवश्यक रहेको बताउनु भयो । उहाँले कानूनको परिपालनाका लागि आफू मातहतका स्थानीय तहहरुलाई निर्देशन दिन प्रदेश मन्त्रीहरुलाई निर्देशन पनि दिनुभयो । उहाँले सबैले आ—आफ्नै डबली बजाएर देशको कल्याण नहुने जिकिर गर्नुभयो । उहाँले बालविवाहका कारण बाललिकाहरुको शारीरिक र मानसिक शोषण भइरहेको उल्लेख गर्नुभयो । बालविवाहको अन्त्य गर्दै समाजमा विद्यमान समस्याहरुको समाधानका लागि सबै मिलेर अगाडि बढ्नुपर्नेमा उहाँको जोड छ ।

उहाँले भन्नुभयो, ‘बालविवाह न्यूनिकरणका लागि तीन तहको सरकारले मिलेर काम गर्नुपर्छ । संघले कानून बनाइदियो । प्रदेशले कानून बनाइदियो । स्थानीय तहले त्यसलाई कार्यान्वयनमा ल्याउँदैन भनेदेखि त्यो कितावमा मात्र सिमित हुन्छ । त्यसकारणले म सम्पूर्ण प्रदेशका मन्त्रीज्युहरुसँग महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय तपाईंहरुसँग काँधमा काँध मिलाएर अगाडि बढ्ने प्रतिज्ञा गर्दछु । र तपाईहरु पनि आफ्नो प्रदेश मातहत जति पालिकाहरु छ । त्यो पालिकाहरुसँग काँध मिलाएर कसरि सबै कानूनहरुको पालन गर्न सकिन्छ गर्नुहोस् । बालविवाहका कारण हाम्रा चेलिबेटीहरुको शारीरिक र मानसिक शोषण हुने गर्दछ । यसका विरुद्ध हामी सबैको आफ्नो आफ्नो तहबाट सोच्नैपर्ने अवस्था छ । तर अन्य चिजमा पनि हाम्रो सरकार, हाम्रो संविधान त्रिपक्षीय सरकारको कल्पना गरेको छ । त्यसैले हामीलाई पनि तीनै सरकारलाई मिलेर यो देशमो समृद्धिको लागि, विकासको लागि र उन्नतीको लागि सहकार्य ग¥यो भने सम्भव छ । आफ्नै आफ्नै डबली बजाए भने देशको कल्याण हुँदैन । बालविावहमुक्त नेपाल बनाउनका लागि र समाजका अन्य समस्याकाको समाधानका लागि अगाडि बढ्न जरुरी छ ।’

मन्त्री सुडीले तीनै तहको सरकार मिलेर अघि बढ्नसकेमात्र सामाजिक विकृतिहरुको अन्त्य गर्न सकिने बताउनु भयो ।