१९ माघ २०८१, शनिबार
,
Latest
प्रदेश सरकारले माग गरेका कानुन चाँडै बन्नेछन्ः सभामुख घिमिरे अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिता: डडेल्धुराको विजयी सुरुआत बागमती शारीरिक सुगठनमा श्रेष्ठ निर्विरोध ‘राज्यबाट अभिव्यक्ति स्वतन्त्रता कुण्ठित हुने सम्भावना छैन’ सोलुखुम्बुमा आगलागी र हावाहुरीकले २९ संरचनामा क्षति निजगढ अन्तरराष्ट्रिय विमानस्थल तत्काल बनाउनुपर्नेमा जोड पाँडे, शाह र बाउसेलाई ‘वानीरा पुरस्कार’ मगर र गुरुङ भाषालाई सरकारी कामकाजमा ल्याउन सुझाव सङ्कलन महाकुम्भबाट फर्किरहेको गाडी दुर्घटना हुँदा ५ नेपालीको मृत्यु, ४ घाइते युएई पठाइदिन्छु भनी ठगी गर्ने व्यक्ति पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

एउटै प्रधानमन्त्रीले पाँच वर्ष नेतृत्व गर्नसक्ने गरी संविधान संशोधन हुनुपर्छः महामन्त्री शर्मा



अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पाँच वर्ष एउटै प्रधानमन्त्रीले देशको नेतृत्व गर्नसक्ने गरी संविधान संशोधन गर्नुपर्ने बताउनुभएको छ ।

मंगलवार काठमाडौंमा राष्ट्रिय मेलमिलाप दिवस एवं समभाव विमोचन समारोहलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले पाँच वर्ष संसदमात्रै स्थिर रहने नभइ प्रधानमन्त्री पनि पाँच वर्ष स्थिर रहने संविधान संशोधन जरुरी रहेको बताउनु भयो । उहाँले अबको मेलमिलापको बहस स्थिर प्रधानमन्त्रीको हुनुपर्ने बताउनु भयो । उहाँले उपराष्ट्रपतिलाई राष्ट्रिय सभाको अध्यक्ष बनाउने कुरा ठूलो नभएको भन्दै संविधान संशोधनको ढोका खोल्दा स्थिर सरकार र प्रधानमन्त्रीको कुरामा जोड दिनुपर्ने बताउनु भयो ।

अब समुन्नतिको सन्दर्भमा मेलमिलाप जरुरी रहेको बताउनु भयो । महामन्त्री शर्माले सरकारका आगामी नीति तथा प्राथमिकता तीन चरणमा काम गर्नेगरी ल्याउनुपर्ने बताउनु भयो । सबै विकास भइसकेको जसरी राति काम नै नहुने झैँ सूर्य अस्त, नेपाल मस्त हुनु नहुने उहाँको टिप्पणी थियो । उहाँले जन्ममितिले नयाँ राजनीतिक दलहरु नभइ प्रवृत्तिबाट राजनीतिक दलहरु आवश्यक रहेको बताउनु भयो । पूर्वाधारको निर्माणमा भइरहेको ढिलाइको गहन अध्ययन जरुरी रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘नयाँ भनिरहँदा जन्ममितिले नयाँ भएर हुँदैन । प्रवृत्तिले नयाँ हो की होइन, प्रवृत्तिको हिसावले नयाँ हो की होइन । त्यसैले अबको मेलमिलाप के हो त ? यही पद्धतिभित्र नविनता के हो त ? अब भन्दा यही पद्धतिभित्र संयमतापूर्वक परिपक्वतापूर्वक राजनैतिक संस्कृतिको विकास हो । यही पद्धतिभित्र पूर्वाधारको निर्माणमा भइरहेको ढिलाइको यो विषयको गहन अध्ययन गरी पुँजीगत बजेट खर्च गर्नसक्ने बलियो कानून निर्माण गरेर त्योअनुसारको संरचनाको निर्माण । बुटवलदेखि नारायणगढ हे¥यो तीन वर्षमा सक्ने भनेर सात वर्ष लाग्छ । प्रधानमन्त्री केपी शर्मा ओली हुँदै गर्दा शिलान्यास गर्नुभएको बाटो उहाँ अर्को पटक प्रधानमन्त्री भएर भुतपूर्व हुने बिस्तारै दिन आउनति लागिसक्यो अब फेरि पनि बनेको छैन । दक्षिणको मित्रले लिएको हुलाकी मार्ग अलपत्रै छ । दक्षिणसँग दृढतापूर्वक कुरा गर्नुप¥यो । उत्तरले जिम्मा लिएको पोखरा—मुग्लिङको बाटो भन्नुस्, बुटवलदेखि नारायणगढसम्मको बाटो त्यस्तै छ । उनीहरुसँग दृढतापूर्वक कुरा गर्नुप¥यो ।’

‘आफ्नो राष्ट्रलाई चीनले चमत्कारपूर्वक बनउनसक्ने अनि हाम्रोमा बनाउँदै गर्दा चीनको कम्पनीले लिएको बाटो ढिलो हुनुपर्ने । भारतले लिएको बाटोको जिम्मामा ढिलाइ हुने । राष्ट्रले राष्ट्रिय सम्मानलाई केन्द्रमा राखेर उत्तर र दक्षिणका राष्ट्रसँग गहन छलफल गर्नुपर्छ । यही पद्धतिभित्र काममा गति बढाउनुपर्छ । बजेट बन्ने बेला आउँदैछ, सम्माननीय प्रधानमन्त्रीज्युलाई आग्रह छ, बजेटको नीति ल्याउँदै गर्दा बजेटको नीति र प्राथमिकता चाँडै सरकारले ल्याउँदैछ । तीन सिफ्टमा काम गर्नेगरी सरकारले लिएर आओस् । कमरेड केपी ओलीले यसको श्रेय लिनुस् । धनी देश अमेरिका, बेलायत राति पनि बाटो बनाउँछ, गरिव देश नेपाल सूर्य अस्त नेपाल मस्त ? अलिकति पिएर होस् की नपिएर होस् सबै नेपालमा घुरिरहेका हुन्छौँ । हामीलाई हतार नै नभएको जस्तो । सरकारले नीतिमा काम गर्ने कुरा ल्याउनुप¥यो । अब समुन्नतिको सन्दर्भमा मेलमिलाप हुनुपर्छ । राजनीतिमा भइसक्यो । संसद ५ वर्षसम्म अब कुनै बहादुरले भंग गरेर हुँदैन । हामीलाई ५ वर्ष स्थिर रहने संसद मात्रै होइन, अब पाँच वर्ष स्थिर रहने प्रधानमन्त्री पनि चाहियो । अबको मेलमिलापको बहस त्यहाँ हुनुपर्छ । संविधान संशोधनको ढोका खोल्दै गर्दा उपराष्ट्रपतिलाई राष्ट्रिय सभाको अध्यक्ष बनाउने ठूलो कुरा होइन ।’

महामन्त्री शर्माले छिमेकी राष्ट्रहरुले जिम्मा लिएका पूर्वाधार निर्माणका कामहरुलाई गति दिन दृढतापूर्वक छलफल गर्नुपर्ने बताउनु भयो ।