२१ पुष २०८१, आईतवार
,
Latest
हृदयाघातबाट पालिका कर्मचारीको निधन इलेक्ट्रिकल इन्जिनियरका विद्यार्थीलाई स्थलगत अध्ययन गराउन आवश्यकः ऊर्जामन्त्री खड्का विद्युत प्राधिकरणलाई इलेक्ट्रिकल इन्जिनियरको हब बनाउँछौंः कुलमान घिसिङ यस्तो छ एमाले अध्यक्ष ओलीको राजनीतिक प्रतिवेदन- पूर्णपाठ पूर्व उपराष्ट्रपति पुन दलीय राजनीतिमा फर्किए एन्फा यु–१६ फुटबलः फ्रेन्ड्स क्लब विजयी कहिले हुन्छ अस्ट्रेलिया र दक्षिण अफ्रिकाबीचको विश्व टेस्ट च्याम्पियनसिपको फाइनल ? एमालेको बैठकमा ओलीः देशभक्त र प्रगतिशील एकजुट भएकोमा प्रतिक्रियावादी आतङ्कित छन् प्याट कमिन्सले रोहित र बुमराहलाई धन्यवाद दिए आगामी अधिवेशनमा ३० वटा विधेयक पारित गर्ने सरकारको तयारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

गोलभेँडा बेचेर वार्षिक सात लाख मुनाफा



अ+ अ-

घोराही । यहाँको घोराही उपमहानगरपालिका–१२ हापुरका जयबहादुर रोकाको बारीमा यतिबेला लटरम्मै टमाटर पाकेको छ । बारीबाटै टमाटर बिक्री गर्न भ्याइनभ्याइ छ । विगत तीन वर्षदेखि व्यावसायिक टमाटरखेती गर्दै आउनुभएका रोका व्यवसायप्रति सन्तुष्ट हुनुहुन्छ ।

भाउ पाएको समयमा उत्पादन गर्न सके टमाटरबाट राम्रो आम्दानी हुने उहाँ बताउनहुन्छ । “यस वर्ष समयमै उत्पादन गरेकाले बजारको समस्या छैन”, उहाँले भन्नुभयो, “यही खेतीलाई निरन्तरता दिने सोचमा छु ।” रोल्पा रुन्टिगढी गाउँपालिका–७ बाट यहाँ बसाइँ सरी आउनुभएका रोकाले रोल्पाकै एक सामुदायिक विद्यालयमा सात वर्ष कर्मचारीका रुपमा काम गर्नुभयो । उहाँ १० वर्ष वैदेशिक रोजगारीमा मलेसिया बसेर फर्किनुभएको हो । हाल उहाँ टमाटर बिक्री गरेरै खर्च कटाएर वार्षिक रु सात लाख बचत गर्न सफल हुनुभएको छ ।

वार्षिक रु १८ लाखको टमाटर बिक्री गरे पनि मल, बीउ, कामदार, जग्गा भाडालगायत सबै खर्च कटाएर त्यति बचत हुने गरेको उहाँको भनाइ छ । “१० जनालाई रोजगारी दिएको छु”, रोकाले भन्नुभयो, “पहिले रोल्पामा पनि कृषि व्यवसाय गरेको थिएँ तर सडकको अवस्थाका कारण बजारीकरणमा समस्या थियो ।”

मङ्सिरसम्म थोकमा प्रतिकिलो रु ५० का दरले बिक्री गरेको र हाल भाउ घट्दै गएको उहाँले बताउनुभयो । उहाँले तीन बिघा जग्गा भाडामा लिएर टमाटरखेती गर्नुभएको छ । आफ्नो साढे १२ कट्ठा मात्रै जग्गा भएकाले बाँकी जमिन भाडामा लिएको उहाँले बताउनुभयो । जग्गाको वार्षिक भाडा रु ९८ हजार तिर्ने गर्नुभएको छ । परिवारमा आठ सदस्य छन् । टमाटरखेतीकै कमाईले छोराछोरीलाई शिक्षादीक्षा गराइरहनुभएको छ । गत वर्ष रोग, किराले टमाटर उत्पादन केही ढिला हुँदा घाटा व्यहोरेको भए पनि यस वर्ष आम्दानी सन्तोषजनक रहेको उहाँ बताउनुहुन्छ । रासस