१९ भाद्र २०८३, शुक्रबार
,
Latest
भोटेकोशी बाढीः एक हजार २९० जनाको शव फेला त्रिवि शिक्षण अस्पतालमा १९३ शव ल्याइएकामा २४ को पहिचान नेपाल–अष्ट्रेलिया प्रधानमन्त्रीबीच टेलिफोन वार्ता, विपद्मा सहयोगका लागि प्रधानमन्त्री शाहद्वारा आभार उद्धारका लागि नेपाली सेनाको टोली पावर हाउसमा प्रवेश भोटेकोशी बाढी पीडितका तस्वीर–भिडियो सार्वजनिक गर्दा संवेदनशील बन्न सञ्चारमन्त्रीको आग्रह माथिल्लो त्रिशूली–१, चिलिमे र रसुवागढी जलविद्युत् आयोजनामा खोज, उद्धार तीव्र रेडक्रसको ६४औँ स्थापना दिवस मनाइँदै, भोटेकोशी बाढीमा पाँच हजार स्वयंसेवक परिचालन सुनचाँदीको मूल्यमा वृद्धि १० दिनपछि उद्धार भएका सञ्जय साह भन्छन्– ‘सुरुङभित्र अझै मानिस हुन सक्छन्’ त्रिशूली–३ ‘ए’ आयोजनाबाट उद्धार गरिएका दुईमध्ये एकको अवस्था जटिल
तपाईं के खोज्दै हुनुहुन्छ ?

ललितकला प्रज्ञा–प्रतिष्ठानमा सिसी कला प्रदर्शनी शुरु



अ+ अ-

काठमाडौँ । काठमाडौँको ललितकला प्रज्ञा–प्रतिष्ठानमा सिसी कला प्रदर्शनी शुरु भएको छ ।

सोमवारदेखि प्रतिष्ठानमा सिसी कला प्रदर्शनी शुरु भएको हो । प्रदशर्नी आगामी एक हप्तासम्म चल्नेछ । कलाकार विभूषण नविन ताम्राकारले पुराना संग्रहालयहरुको संरक्षण गर्ने उद्देश्यले सिसी कला प्रदर्शनी आयोजना गरिएको बताउनु भयो ।

उहाँले यो प्रदशर्नी आगामी २० गतेसम्म चल्ने बताउनु भयो । उहाँले सिसीका कलाहरु प्रदर्शनीमा ४५ वटा राखिएको बताउनु भयो । उहाँले मेलामा पाँचतले मन्दिर,पशुपति,जानकी मन्दिर,तलेजु भवानी र काष्ठमण्डपको कला प्रदशर्नीमा राखिएको बताउनु भयो ।

उहाँले मुलुकभित्र नै नयाँ सिर्जना र कला भएको मानिसले केही गर्नसक्ने वातावरण रहेको बताउनु भयो । उहाँले कलाकारहरुलाई समाजले हेर्दा नराम्रो दृष्टिकोणले हर्ने गरिएको बताउनु भयो ।