११ भाद्र २०८३, बिहीबार
,
Latest
भोटेकोशी बाढीपीडितका लागि इन्द्रावतीले १० लाख दिने विद्युत् आपूर्ति नियमित हुँदै बाढीबाट यातायात क्षेत्रमा भएको क्षतिबारे अध्ययन गर्न समिति गठन जाजरकोटका पहिरो प्रभावित ८९७ जनाका लागि तीन स्थानमा अस्थायी सेल्टर बाढी पीडितका लागि कास्कीका दुई पालिकाद्वारा रु ५५ लाख सहयोग बाढी प्रभावितका लागि लहान नगरपालिकाद्वारा ११ लाख सहयोग कांग्रेसका कर्णाली प्रदेशसभा सदस्यहरुले बाढीपीडितलाई दुई लाख २५ हजार सहयोग गर्ने वीर र ट्रमामा नेपाल प्रहरीको नागरिक सहायता कक्ष भोटेकोशी बाढीः त्रिशूली नदीको गोरखातर्फ ३९ शव फेला पत्रकार टेकराज थामी सम्पर्कविहीन, श्रीमती भन्नुहुन्छ, “अझै कुनै जानकारी पाएका छैनौँ”
तपाईं के खोज्दै हुनुहुन्छ ?

लुट्न सक्नेले सकेजति लुटौँ है



अ+ अ-

दिपक खनाल 

लुट-२

कोरोनाको नाममा

लुटै लुट छ ठाम-ठाममा

शहर त गन्हाएकै हो

रहेन अब कुनै सुगन्ध गाम-गाममा ।

आँसुमा पनि लुट

मासुमा पनि लुट

औषधिमा लुट

विषादीमा पनि लुट

मास्कमा लुट

पिसिआरमा लुट

स्यानिटाइजरमा लुट

के के लुट के के लुट??

तरकारीमा लुट सरकारीमा लुट

दिनमा लुट रातमा लुट

मध्यान्हमा लुट खाध्यान्नमा झनै लुट

भत्तामा लुट लत्तामा चौबर लुट

बाउआमाको पीरमा लुट

छोराछोरीको फिमा लुट

मलमा लुट ढलमा लुट

लुुट्न नसक्ने त नामर्द हो

कालोमोसो खान्छ अब त्यसले ।

अफर ! अफर !! दशैं अफर !!!

लुट्न सक्नेले सकेजति लुटौँ है

जति लुट्न सक्यो उति फाइदै फाइदा

छुट ! छुट!! छुट!!!

जेमा जति लुटे पनि

100 percent नै छुट !