१९ मंसिर २०८२, शुक्रबार
,
Latest
कारागारमा सुरक्षाकर्मीसँग चिनजान, घरमा गएर विभत्स हत्या हेटौँडाको मुख्य सडक विस्तारको सूचना कार्यान्वयन नगर्न सर्वाेच्च अदालतको अन्तरिम आदेश विदेशमा रहेका नेपालीको मताधिकार सुनिश्चित गर्न माग एक्साइड ब्याटमोबाइल सेवा ५०,००० ग्राहकसम्म पुर्‍याउँदै इतिहास रच्यो एनपीएलः जनकपुरलाई हराउँदै लुम्बिनी प्लेअफमा उपराष्ट्रपति यादवसँग सार्क महासचिवको शिष्टाचार भेट महाधिवेशन जनशक्तिको ऐक्यबद्धता प्रदर्शन गर्ने अवसर : अध्यक्ष ओली आयोगद्वारा निर्वाचनमा समावेशिता र सुशासन सुनिश्चित गर्न दललाई निर्देशन कांग्रेसको कलहः होला त पुसमा महाधिवेशन ? विनाशकारी मौसमी प्रकोपपछि श्रीलङ्कामा ८५ प्रतिशत विद्युत आपूर्ति अवरुद्ध
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्राप्त अधिकार र उपलब्धिको रक्षाका लागि सबै एक होऔँः उपप्रधानमन्त्री सिंह



अ+ अ-

काठमाडौँ । उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले प्राप्त अधिकार र उपलब्धिको रक्षाका लागि सबै एक हुनुपर्ने बताउनुभएको छ ।

सोमवार टुँडिखेलमा तमु ल्होसारको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले प्राप्त अधिकार र उपलब्धि सहजै प्राप्त नगरेको भन्दै यसलाई संस्थागत गर्न जरुरी रहेको बताउनु भयो । लामो संघर्ष र बलिदानबाट प्राप्त उपलब्धिको रक्षा सबै मिलेर गर्नुपर्ने बताउनु भयो । उहाँले आम नेपाली जनताहरु राष्ट्र र समाजलाई उन्नत र सम्पन्न राष्ट्र बनाउनुपर्ने बताउनु भयो । उहाँले पहिचानको सुरक्षा र संवद्र्धन गर्दै अघि बढ्न जरुरी रहेको बताउनु भयो । प्राप्त अधिकारको सुरक्षा र संवद्र्धनका लागि जिम्मेवारीपूर्ण ढंगले काम गर्नुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘हामी सबैले प्राप्त गरेको यो अधिकार सजिलैसँग प्राप्त गरेको होइन । धेरै लामो संघर्षबाट प्राप्त गरेको अधिकारहरुलाई यसलाई सुरक्षित राख्दै, संस्थागत गर्दै हामीले यसै अधिकारलाई सुरक्षित र संस्थागत गर्दै आउँदै गरेको दिनमा आम नेपाली जनता, राष्ट्र र समाजलाई उन्नतिको एउटा उन्नत, सम्पन्न राष्ट्र बनाउन लाग्नुपर्छ ।’

उपप्रधानमन्त्री सिंहले पुर्खाले छोडेका रितिथिति र परम्परा जोगाउन सबै सक्रिय भएर लाग्नुपर्ने बताउनु भयो । पुर्खाले छोडेर गएका संस्कार र संस्कृतिको जगेर्ना गर्न जरुरी रहेको बताउनु भयो ।