१८ असार २०८३, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

राजधानीको तरंग : अशान्त बुटवल र उत्साही दाङ



अ+ अ-

काठमाडौं । लामो रस्साकस्सीपछी शीर्ष नेताहरुलेको सहमति गर्दै प्रदेश नम्बर ५ को राजधानी दाङको देउखुरी राख्ने निर्णय आजमात्र भएको छ । ढिलागरी भएको यस निर्णयसंगै अस्थायी राजधानी बुटबल अशान्त बनेको छ भने उता दाङ उत्साहित बनेको छ । 

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीका प्रभाबशाली नेताहरु महासचिब बिष्णु पौडेल र मुख्यमन्त्री शंकर पोखरेलको तानातानमा परेको राजधानी दाङ्ग पुगेसंगै प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस बुटबलको तातोमा सडकमा टायर बाल्दै बिरोधमा सडकमा उत्रिएको छ । 

तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले बुटवललाई पाँच नम्बर प्रदेशको अस्थायी राजधानी तोकेको थियो । काँग्रेसका हालका प्रमुख सचेतक बालकृष्ण खाँड र बिष्णु पौडेलले आफनो पक्षमा निर्णय गराउन सफल भएको मानिएको थियो । 

सडकमा निस्किएको नेपाल बिद्यार्थी संघको निसानामा सरकारी सबारी साधनहरु समेत परेका छन्, आगजनी भएको छ । प्रदेशका नाम लुम्बिनी राख्ने बिषयमा भने खासै बिमति भएको छैन । तर राजधानीको स्थानका बारेमा बुटवल तत्काल अबस्था शान्त हुने अबस्था पनि देखिएको छैन । 

पार्टीका शीर्ष नेताहरुको निर्णयपछि महासचिब पौडेल र मन्त्री घनश्याम भुषाल मौन बस्नुपर्ने अबस्था उत्पन्न भएको छ । राजधानी सार्ने निर्णयबारे बुटबलका नेकपा र नेपाली काग्रेसका नेताहरु  असन्तुष्ट छन् भने उता दाङ्गका दुबै पार्टीका नेताहरु खुसी छन् । 

अर्थात एउटै निर्णयले एउटै पार्टीका दुई स्थानमा कार्यकर्तालाई एकातीर दुःख छ भने अर्को तीर खुसी छाएको छ । आखिर राजधानी जता तोके पनि बिरोध त हुने पक्कापक्कै जस्तै नै थियो, आज आएर त्यही भयो । प्रदेश सरकारले पनि यो काम पहिले नै नगरेर लामो समय राखिदियो र विवादको बीउ रोपिदिएको छ । यसमा पाँच नम्बर प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलको असक्षमता पनि साथसाथै जोडिएर आएको छ ।